उच्च अदालतले बोलायो प्रदेश सरकार र विराटनगर महानगरलाई

उच्च अदालतले बोलायो प्रदेश सरकार र विराटनगर महानगरलाई

गणेश लम्साल

प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र कोरोना संक्रमण रोकथाम र उपचारमा परिचालित संयन्त्रलाई छलफलमा हाजिर हुन उच्च अदालत विराटनगरले आदेश गरेको छ ।

कोरोना संक्रमण रोकथाम र उपचारलाई प्रभावकारी बनाउन र मृत्यु भएका विरामीहरुको अवस्था छानविन गर्न परमादेश माग गर्दै दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि उच्च अदालत विराटनगरले प्रदेश १ सरकार, विराटनगर महानगरपालिका सहित ७ वटा निकायलाई छलफलमा हाजिर हुन आदेश गरेको हो ।

हेलचेक्रयाई हुँदा बाबुको मृत्यु भएको भन्दै किरियामा बसिरहेकी छोरी २२ बर्षिया निलीमा दाहालले बुधबार दर्ता गरेको रिटमा विहिविार भएको प्रारम्भीक सुनवाईपछि उच्च अदालत विराटनगरका मुख्य न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ७ वटा विपक्षीलाई ८ भदौमा छलफलकालागि हाजिर हुन आदेश गरेको हो ।

सीताराम दाहाल

रिटमा प्रदेश सरकारको, समाजिक विकास मन्त्रालय, समाजिक विकास मन्त्रालयको कोभिड १९ निगरानी तथा अनुगमन सचिवालय, विराटनगर महानगरपालिका, विराटनगर महानगरपालिकाको जनस्वास्थ्य विभाग, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर , प्रदेश सरकारको कोभिड १९ संकट व्यावस्थापन केन्द्र (सिसिएमसी)  र मेची अस्पताल भद्रपुर झापा सहित ८ वटा निकायहरु विपक्षी बनाइएका छन ।
आदेश अनुसार मेची अस्पताल बाहेक ८ भदौमा अन्तिम आदेश गर्ने नगर्नेबारेको छलफलमा अरु सातवटै निकाय हाजिर हुनुपर्ने उच्च अदालत विराटनगरका श्रेष्तेदार जितेन्द्रबाबु थपलियाले बताए ।

कोशी कोभिड १९ उपचार केन्द्रमा २८ साउनमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका ३ का ५७ बर्षिय सिताराम दाहालको मृत्यु भएपछि छोरी निलिमाले कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्य व्यवस्थित गराउन र मृत्यु भएकाहरुको अवस्था छानविन गराउन परमादेश माग गर्दै८ वटा सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन ।

होमक्वारेन्टाइनमा बसेर कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको किरिया वारिरहेकी छोरी निलिमाले विराटनगर वारेस मार्फत अदालतमा रिट निबेदन दर्ता गराएकी हुन । विहिवार रिट उपर भएको प्रारम्भीक सुनवाईमा निवदेकको तर्फबाट कानुन व्यावसायी दुर्गा पोखरेल सहित सात जना कानुन व्यावसायीले बहस गरेका थिए ।

नेपाल बिद्युत्त प्राधिकरण विराटनगरमा प्राविधिक पदमा कार्यरत उनका बाबु सिताराम कोरोना संक्रमित भएपछि २६ साउनमा उपचारका लागि कोशी कोभिड १९ अस्पताल विराटनगरमा भर्ना भएका थिए । तर श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेर र अक्सिन अभावमा उनको २८ साउन अपरान्ह्र उपचाररत अवस्थामा मृत्यु भएको थियो ।

सितारामका श्रीमती सहित घरका ५ जना सदस्यहरु पनि कोरोना पोजेटिभ देखापारेका छन । हाल संक्रमित सबै सदस्य घरकै आइसोलेसनमा बसिररहेका छन । संक्रमित सदस्यहरुले अभिभावक सितारामको किरिया वार्न नहुने भएकोले नेगेटिभ रिर्पोट आएकी कान्छि छोरी निलिमाले क्वारेन्टाइमा बसेर बाबुको अन्तिम संस्कार गरिरहेकी छन ।

यस्तो छ परमादेशको आधार र माग दाबी
रिट निवेदक निलिमाले नेपालको संबिधानको धारा ४६ र १४४ मुलुकी देवानी संहिता २०७४ को दफा २० र मुलुकी देवानी संहितको दफा १९ अनुसार व्यक्त्तित र सार्वजनिक स्वास्थ्य उपचारको अधिकार प्राप्त हुनुपर्ने माग दाबी गरेकी छन ।

प्रदेशमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलचेक्रयाई भैरहेकेो भन्दै व्यवस्थित गराएर सबैलाई समानहरुले स्वास्थ्य उपचार, संक्रमण रोकथाम र नियन्त्रणको हक अधिकार दिलाउनु पर्ने उनको माग छ ।
साथै रिट उपर अन्तिम टुंङगो नलागेसम्म ज्वरो आएका र श्वासप्रश्वासका विरामीहरुलाई तुरुन्त अस्पतालमा उपचार गर्न पाउने प्रबन्ध मिलाउन पनि उनले माग गरेकी छन् ।

उनका अनुसार कोरोना महाकारीको बेला निजी अस्पतालहरुले आफनो उपचार सेवा बन्द गराएकोले समान्य विरामीहरु पनि उपचारबाट बंचित भैरहेकाले अकालमा ज्यान गुमाउनु परिरहेको छ । अर्कोतिर भौतिक पुर्वाधार सम्पन्न अस्पताल नहुँदा आर्थिक रुपले सम्पन्न संक्रमितिहरु आफनै खर्चमा काठमाण्डौ धाउनु पर्ने बाध्यता कायमै रहेको र उपचार अभावमा मृत्यु हुन सर्वसाधारण विरामीहरुको संख्या बढिरहेको छ ।

उनले प्रदेश सरकार र महानगरपालिका अन्र्तगतका निकायहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी कार्य गर्न नसकेको, लक्षण देखिएका संक्रमित विरामीहरुको उपचारमा हेलचेक्राई गरेको, सिकिस्त विरामीहरुकालागि भेन्टिलेटर, आइसियुहरुको पर्याप्त व्यावस्था नहुँदा अकालमा ज्यान गुम्न थालेको, संक्रमणको दायरासँगै आवश्यक परीक्षण प्रयोगशाला विस्तार गर्न नसक्दा परीक्षणको दायरा बढन नकेको, निजी र सरकारी अस्पतालको वतावरण, आइसोलेसन र क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा संक्रमण फैलिरहेकोले कोरोना संक्रमण रोकथाम र नियन्त्रण हुन नसकेको आरोप लगाएकी छन ।

बाबु उपचारमा हेलचेक्राईले मरेको र संक्रमित सदस्यलाई वेवास्ता गरेको आरोप

एक हप्तादेखी किरियामा बसिरहेकी निबेदक निलिमाका अनुसार विराटनगर महानगरपालिका ३ सम्राट टोल निवासी नेपाल बिद्युत्तप्राधिकरणको प्राबिधिक पदमा कार्यरत बुबा ५७ बर्षिय सिताराम दहाललाई पिसीआर परीक्षण गराँउदा कोरोना सक्रमण भएको थियो । तीस बर्षदेखी प्राधिकरण विराटनगर शाखामा कार्यरत दहाल लकडाउनको समयमा निरन्तर बिद्युत्त विस्तार र मरम्मतमा फ्रन्टलाइनमा खटिएका थिए ।

हटटाकटा शरिर र लामो कालो जुँधा भएका उनी कोरोना संक्रमण भएपछि उपचारकालागि कोशी कोभिड १९ अस्पतालमा उपचारकालागि भर्ना भएका थिए । २६ साउनमा भर्ना भएका उनको २८ साउनमा अक्सिन र भेन्टिलेटर अभावमा मृत्यु भएको थियो । मृत्यु अघि २७ र २८ गते दुबै दिन उपचाररत अवस्थामा हरेका सितारामले आफन्तलाई फोन गरेर आफनो अवस्था सिकिस्त हुदै गएकोले भेन्टिलेटर भएको अस्पतालमा रिफर गराइदिन आग्रह गरेका थिए । आफन्तहरुले चिकित्सकहरुलाई आग्रह गरेर धरान रेफर गर्न खोजेपनि भेन्टिलेटर खाली नभएकोले उनलाई पठाउन सकिएन । यसैले २८ गते अपरान्ह्र ४ बजे उनको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भयो ।

कोरोना संक्रमित बुबासँगै छोरी निलिमा बाहेक परिवारका ५ जना सबै सदस्यलाई कोरोना संक्रमण देखापरयो । तर उनीहरुले शैया अभावमा उपचार केन्द्रमा भर्ना हुन पाएनन । उनीहरु आफनै घरमा होमआइसोलेसनमा बस्न बाध्य भए । नेगेटिभ रिर्पोट आएकी कान्छि छोरी निलिमा पनि घर भित्र क्वारेन्टाइनमा बसेर बाबुको किरिया वारिरहेकी छन । हाल उनिहरु अझै काजकिरियामा बसरिरहेका छन ।

तर होम आइसोलेसनमा बसेपनि उनिहरुलाई किरिया बसेको ८ औ दिनमा बल्ल महानगरपालिकाको टोलीले समान्य औषधी उपलब्ध गराएको थियो । प्रदेश सरकारको कोभिड अनुगमन टोलीले पनि एक पल्ट अवस्था बुझने काम बाहेक अरु गरेन । कोभिड अस्पतालमा मृत्यु भएका बुबा सितारामको मृत्युको अवस्था छानविन गर्न प्रदेश सरकारले चासो नदिएको परिवारको आरोप छ ।

टिप्पणीहरू