रातारात नियुक्तिको श्रृङ्खला र कारण !

रातारात नियुक्तिको श्रृङ्खला र कारण !

सहमति गरेर अघि बढ्न नेकपामा कार्यदल बनिसकेको र सचिवालय बैठकसमेत बोलाइएको अवस्थामा सरकारले भदौ १ गतेको क्याबिनेट बैठकबाट एकाएक परराष्ट्र मन्त्रालयका तीनजना सहसचिवलाई राजदूत नियुक्तिको सिफारिश गर्यो। सोही बैठकले कानुनविपरित प्रेस काउन्सिलमा सदस्यको सपथ ग्रहणसमेत गरी नभ्याउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष तोक्यो । राजश्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई पनि नियुक्त गर्ने तय भयो ।

सम्भवतः सहमतिमा वा क्याबिनेट पुनर्गठनपछि मात्र ती सहसचिवलाई राजदूतमा नियुक्त गरिएको भए उनीहरूको जिम्मेवारीमा पर्ने मुलुक अवश्य फरक पर्न सक्थ्यो । अरु धेरैवटा देशमा राजदूत खाली राखेर हतारमा गरिएको तीनवटा देशको मात्र नियुक्तिलाई अर्थपूर्ण मानिएको छ।

उता,वर्षौंदेखि आवश्यक नठानिएको राजश्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई गरिएको एकाएकको नियुक्तिमा पनि त्यहि फर्मूला लगाइयो । प्रधानमन्त्री कार्यालयस्थित स्रोतका अनुसार बोर्ड अध्यक्ष र सदस्यको प्रस्तावित पारिश्रमिक निर्णय भएर आउँदा उल्टोपुल्टो भएको छ ।

अन्य,धेरै बेढङ्गी र प्रशासनिक कमजोरी रहेको पछिल्लो क्याबिनेट बैठकको निर्णयको कारण ‘हतार’ नै हो । छिट्टै पदमुक्त हुन लागेका अर्थमन्त्रीलाई अब राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अरु कसैलाई लैजान हतारो भएको छ । स्रोतका अनुसार अब त्यहाँ डा।उपेन्द्र कोइरालालाई लैजाने सम्भावना अधिक छ । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् ।

 

टिप्पणीहरू