भोगीराजहरूको झुटो प्रलाप « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

भोगीराजहरूको झुटो प्रलाप

प्रकाशित मिति :  २ भाद्र २०७७, मंगलवार १२:३१


नेपालको समाज अध्ययन–अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैरसरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले १३/१४ वर्षदेखि नियमित ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशन गर्दै आएको छ । विसं २०६३ (सन् २००६) देखि नै मार्टिन चौतारीले नेपालका जातजाति, भाषाभाषी, धर्म, महिला, लिंग, प्रकाशन, प्रसारण, समावेशीकरणलगायत विषयमा अध्ययन–अनुसन्धानात्मक ढंगले जर्नल प्रकाशन गर्दै आएको छ ।

यसै क्रममा ‘मार्टिन चौतारी’ को अंक १३ मा प्रकाशित (विसं २०७५/सन् २०१८) लेखक भोगीराज चाम्लिङले लेखेको ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’, पाना–९९/११९ । शीर्षकको लेखमा उल्लिखित केही प्रसंगबारे छोटोमा टिप्पणी गर्ने प्रयास गरिएको छ । लेखकले भनेभैmँ ‘किरातीहरू दार्शनिक दृष्टिले समृद्ध जाति हुन् ।’ यसमा कसैको दुईमत छैन । त्यसमाथि किरात/किराती नेपालका प्राचीन महाजाति पनि हुन् ।

त्यति मात्रै होइन, किरातीहरू आफ्नै समृद्घ भाषा, संस्कार, संस्कृति, परम्परागत कानुन, मौलिक धर्म, वेशभूषा, रहनसहन आदि भएका महाजाति पनि हुन् । तर, लेखकले सो लेखमा वास्तवमै ‘राई !’ जात हो त ? कि नेपालको भगौलिक एकीकरणपछि शाह राजा श्री ३ महाराजहरूले स्थानीयस्तरमा शासन गर्न दिएको छोटे राजासरहको पदवी वा भनौं पगरी मात्रै हो ? प्रस्ट्याएका छैनन् । तर, लेखकले यदि ‘राई !’ जात वा जाति नै हो भने, के–कसरी र के–कति कारणले ‘राई !’ जात वा जाति नै हो ? सोबारे वास्तविक कुरा वर्णन गरेर प्रस्ट्याएर लेखेको भए आमपाठक प्रस्ट हुने थिए । तर, लेखक महोदयले त्यसो –वास्तवमा राई के हो ? भन्नेबारे प्रस्ट नलेखी) नगरीकन खालि एकोहोरो ढंगले ‘राई जाति, राई जाति !’ भनी लिँडे–ढिपी गरेका छन् । लामो समयदेखि राई सर/म्याडमहरूको यस्तो हर्कतले गर्दा आममानिसमाझ वास्तवमै ‘राई !’ जात वा जाति हो भन्ने भ्रम वा भनौं वास्तविकताजस्तै हुन गएको/जाँदै छ । तर, वास्तविकता त्यस्तो होइन ।

अरू त अरू नै भई गए, आफ्नो नामको अगाडि डा. लेख्नेहरू प्रा. लेख्नेहरूका साथै डा. पनि प्रा. पनि लेख्नेहरू र आपूmलाई नेपालको समाजशास्त्री, मानवशास्त्री, भाषाशास्त्री, संस्कृतिविद् आदि इत्यादि भन्नेहरूले पनि एक जाति ‘राई !’ २८ भाषी ‘राई !’ भनी लेख्ने/बोल्ने गर्छन् । तर ‘एक जाति राई ! २८ भाषी राई !’ हो त ? सोबारे भने यो यो करणले राई एक जाति हो । तर, कसरी एक जाति राईको २८ वटा भाषा हुन्छ ? खुलाएर वा भनौं काणरहरूसहित स्पष्ट ढंगले लेख्ने÷बोल्ने गरेको देखिँदैन । उनीहरूको यस्तो कार्यले राईवाला सर÷म्याडमहरूलाई खुदो पल्टेको छ । नामको अगाडि डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, भाषाशास्त्री, संस्कृतिविद् भनिनेहरूले ‘म एक जाति राई हँु । तर, मेरो मातृभाषा २८ वटा छ !’ भनेर २८ वटा मातृभाषामा खररर… बोल्न सक्ने कुनै ‘माइकालाल राई !’ भेटेका छन् ? छन् भने, त्यस्तो ‘माइकालाल ‘राई !’ हामीलाई पनि भेटाई दिनुप¥यो ! होइन भने, राई जात नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा श्री ३ महाराजहरूले दिएको पदवी वा भनौं पगरी मात्रै रहेछ भनी गल्ती स्वीकार गर्नुप¥यो भन्ने यो ‘केही नजान्ने कुलुङे’को जिरह हो ।

भोगीराजले पनि लामो समयदेखि जानाजान –किनभने उनले केही पटक यो पंक्तिकारसँगको भेटमा ‘वास्तवमा राई जात नभएर पदवी/पगरी नै हो । त्यसैले तपाईंहरूले उठाएको विषय सही छ । तर … , तर … , … ले नै हामी स्थापित भयौं ! तपाईँहरू आन्दोलन गर्दै गर्नोस् ! छ हामी पनि …’ भने जस्तो कुरो गरेका थिए ।) त्यस्तै समाज अध्ययन जर्नलको अंक १३ मा पनि भोगीराजले आफ्नो लेखमा नेपालका अन्य जातजातिजस्तै स्वतन्त्र जातीय अस्तित्व भएका केही किराती जातिको टाउकामा राई ! को फुर्को झुन्ड्याउँदै –जस्तै कुलुङ जातिलाई कुलुङ राई !, खालिङ जातिलाई खालिङ राई !) चाम्लिङ जातिको (तर, उनीहरू राई ! नै भन्छन्) मृत्युलगायत अन्य केही संस्कार र संस्कृतिबारे तुलनात्मक ढंगले वर्णन गर्न खोजेका छन् ।

उनले आफ्नो सो लेखमा भाषा, संस्कार र सांस्कृतिक कार्यको उदाहरण र विवरणचाहिँ अधिकांश चाम्लिङकै राखेका छन् । जस्तै सहज मरण (नक्मइ) र असहज मरण (झेत्मइ) यो शब्द संभवतः चाम्लिङ जातिको मरणको सवालमा प्रयोग गरिन्छ होला । किनभने, उनले आफ्नो लेखमा उदाहरण दिइएको मरणमा कुलुङ जातिले त्यो शब्द प्रयोग गर्दैनन् । तर, उनको लेखमा त्यही नै सबै राईकरणमा परेका जातिको मरणमा प्रयोग गरिने शब्द हो ! भन्ने भान वा भनौं भ्रम पार्न खोजेक छन् । त्यस्तै भूमि पूजा (साकेला), चुला पूजा (हुइलुङ), पानी पूजा (वाइको) (पाना नम्बर–१०१ हेर्नोस्) शब्द पनि कुलुङ जातिले प्रयोग गर्दैनन । यसरी हेर्दा उनले राईकरणको वृहत् आवरणभित्र सबै किरातीहरूलाई चाम्लिङ ! करण गर्न खोजेका छन् ।

त्यसैले ‘मार्टिन चौतारी’ लगायत हाम्रो देशमा रहेका अन्य अध्ययन–अनुसन्धानरत संघ–संस्थाहरूले यसरी नेपालका कुनै पनि जातजाति, भाषाभाषी, धर्म, वर्ण, लिंग आदिबारे अध्ययन–अनुसन्धान मूलक किताब, जर्नल, सोध–ग्रन्थ, लेख, प्रकाशित गर्दा कम्तीमा राज्यको अभिन्न अंगको रूपमा रहेको केन्द्रीय तथ्यांक विभागले हरेक १०–१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्यांक हेर्ने, स्वदेशी–विदेशी खोज तथा अनुसन्धानकर्ताले गरेको खोज तथा अनुसन्धान गरेर लेखेको किताब वा अध्ययन अनुसन्धानलाई पनि हेरेर रुजु गर्ने बानी बसाल्न शुरु गर्ने हो कि ? नत्रभने, यस्ता कैयौं भोगीराजहरूले अरूको अस्तित्वलाई नामेट पार्दै÷पार्ने प्रयास गर्दै आफ्नो नामको अगाडि मुन्धुमविद्, संस्कृतिविद्, संस्कारविद्, भाषाविद्, जातिविद्, जनसंख्याविद्, कानुनविद् र प्राडाको फुर्को झुन्ड्याउँदै हामीजस्ता राज्य र मिडिया अनि अन्तर्राष्ट्रिय रूपमा पहँुच नहुने/नभएका जातिलाई जबर्जस्ती राई ! जातिमा सम्मिलीकरण (एस्सीमिलेसन) गरिरहनेछन् ।

अभैm पनि के आशा गर्न सकिन्छ भने आगामी दिनमा मार्टिन चौतारीजस्तो मिडिया र समाज अध्ययन क्षेत्रमा केही हदसम्म विश्वासिलो र भरपर्दो मानिएको संस्था र ‘समाज अध्ययन’ जर्नलको टिममा रहेका विद्वान् महानुभावले कुनै पनि … विद्, … विज्ञ, प्राडा, अनुसन्धानकर्मी, खोजकर्ता भनिनेहरूले पठाएको सामग्री भन्दैमा ‘क्रस–चेक’ वा भनौं ‘भेरिफाई’ नगरी अन्धाधुन्द ढंगले प्रकाशन गर्नुहुने छैन । जस्तोः उदाहरणका लागि ‘कुलुङ जाति’ को हुन् ? ‘राई !’ को हुन् ? भन्नेबारे०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक हेर्नुभयो भने त्यहाँ कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना देख्नु÷भेट्नु हुनेछ । कुलुङ भाषाका वक्ता संख्या ३३ हजार १७० जना छ । त्यति मात्रै होइन, त्यहाँ राईकरणमा परेका कुलुङ जातिबाहेक अरू ११ वटा किराती जातिको पनि अलग्गै जातीय र भाषिक तथ्यांक आएको छ । तैपनि, भोगीराजजस्ता लेखक वा … ‘विद् !’ भनिनेहरू ती जाति वा समुदायलाई जबर्जस्ती कथित् राई ! जातिमा सम्मिलीकरण गर्नमै रमाइरहेका देखिन्छन् । त्यसमा ‘मार्टिन चौतारी’ जस्ता संस्थाले नै जानी–नजानी साथ दिएपछि त कसको … के नै लाग्छ र !

वास्तवमा नेपालका यस्ता खालका खोजकर्ता, अनुसन्धानकर्ता, लेखक, विश्लेषक, विषय विज्ञ, विषय विद्, प्रोफेसर, डाक्टर, प्राडा. भनिनेहरूलाई अरूको जातीय स्वपहिचान वा भनौं कुनै पनि जाति वा समुदायको ‘म को हुँ ? वा हामी को हौं ? भन्ने जातीय स्वपहिचान र आत्मनिर्णयको अधिकार हनन गरेकामा त्यस्तो कार्यविरुद्ध उनीहरूलाई कानुनी उपचार गर्ने व्यवस्था गर्नेतर्पm नै पो सोच्नुपर्ने हो कि ? यो पक्ष वास्तवमै विचारणीय छ ।

थप जानकारीका लागि : ९८४९९८५९९७, ९८६२४३६०४९


प्रतिक्रिया दिनुहोस !