कलाकारले झुक्याउँदा…

कलाकारले झुक्याउँदा…

नेपाली सिरियल ‘कूल खानदान’ मा नीर शाहको छोरी बनेकी दिव्या कार्कीलाई डेरामा राखेर निर्देशक शोभित बस्नेतले घरबेटी आफैं त दुःखी नारीलाई धर्धरी रुवाएका छन् । विराटनगरकी दिव्याले लामो समयदेखि पेइङ्ग गेष्टको रूपमा बसेको फ्ल्याटको भाडा नतिरी हिँडेको र शोभितले समेत तिर्ने वचन दिएर पनि झुक्याएपछि झगडा प्रहरीसम्म पुगेको छ ।

दिब्यालाई शोभितले आफ्नी बहिनी भन्दै हनुमानस्थान, अनामनगरस्थित अनमोल ब्वाइज होस्टलकी सञ्चालिका मनिता देवानको छेवैको आफ्नो फ्ल्याटमा पेइङ्ग गेष्ट बनाएर राखेका थिए । लकडाउन शुरु भएर होस्टल बन्द भएको कारण घरखर्च समेत चलाउन हम्मे पर्न थालेपछि एक्ली महिला देवानले दिब्यासँग भाडा मागिन् । हाल मनिताले लिनुपर्ने रकम ४८ हजार पुगेको छ । तर, दिब्याको तर्फबाट शोभितले दुई पटक दिएको चेकमध्ये एक पटक खातामा पैसा नै नभएर र अर्को पटक जानीजानी चेकमा अशुद्ध लेखेको तथा कम्पनीको छाप नलगाएको कारण बाउन्स भयो । सिंहदरबार प्रहरीका अनुसार शोभितले जानीजानी अंग्रेजीमा लेखिएको चेकमा थाउजेण्डको स्पेलिङ्ग बिगारेका थिए ।

विभिन्न बहानामा भाडा तिर्न आलटाल गर्दै आएकी दिब्या एक महिनाअघि एकाएक देवानको फ्ल्याटबाट अन्यत्र सरिन् । उनी हिँड्ने बेलामा आइपुगेका शोभितले आफूलाई ‘अबदेखि उनी यहाँ बस्दिनन् । मेरै अफिसमा बस्छिन् र तिर्न बाँकी रकम म तिरिदिन्छु’ भनेर वचन दिएको बताइन्छ । प्रहरीका अनुसार ‘अहिले दुवैजना सम्पर्कमा आउन चाहँदैनन् । पैसा पाउने त आश नै मरिसक्यो ।

टिप्पणीहरू