प्रहरीले नै बाटो बिराएपछि

प्रहरीले नै बाटो बिराएपछि

हिजो साँझ महानगरीय प्रहरी वृत्त सातदोबाटो नजिकै वृत्तका डीएसपी मित्रबन्धु शर्मा चढेको पिकअप दुर्घटनामा परेको छ । प्रहरी कार्यालयबाट मुस्किलले ५० मिटर टाढाको चक्रपथ ट्रयाकमा रोकिराखेको बसलाई क्रस गरेर चक्रपथको मेन लेनमा छिर्न खोज्दा शर्मा चढेको पिकअप ईंटा बोकेर गुडिरहेको मिनी टाटासँग ठोक्किँदा मिनी टाटा सडकमै पल्टिएको थियो । दुर्घटनामा डीएसपी र उनका चालकलाई केही नभएपनि ईंटा बोकेको ट्रकका चालक गम्भीर घाइते भएका छन् । अहिले टाटाका चालक र सहचालकको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेलका कारण भएको उक्त भयानक दुर्घटनामा पिकअपको अगाडिको बायाँ भाग क्षतिग्रस्त छ । पिकअप कार्यालयबाट विपरित दिशा हुँदै चक्रपथमा छिरेको देखिएकाले घटनामा प्रहरी चालकको गल्ती देखिएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चक्रपथमा सवारी साधन नियमविपरित ट्रयाक लेनबाट मुख्य लेनमा बीच लेनमा नछिरुन् भनेर डिभाइडर राखिएको तर, प्रहरीको पिकअप गलत दिशाबाट आएको कारण ईंटा बोकेको गाडी ठोक्किएर बीच सडकमा पल्टिन पुगेको हो ।

टिप्पणीहरू