प्रम ओली र मोदीबीच फोनवार्ता

प्रम ओली र मोदीबीच फोनवार्ता

नयाँ नक्सा जारी भएपछि नेपाल-भारतवीच कायम रहेको शीतयुद्धको स्थितिमा ब्रेक लाग्ने सम्भावना देखापरेको छ ।

पर्सि अगस्ट १५ अर्थात भारतीय स्वतन्त्रता दिवस । तदनुसार, साउन ३१ गते शनिवार,त्यसदिन बिहानै हाम्रा प्रधानमन्त्रीले समकक्षी नरेन्द्र मोदीलाई फोन गरी ७४ औं स्वतन्त्रता दिवसको शुभकामना दिने र पारस्परिक हितका कुरा गर्ने तयारी छ, त्यसैबेला दुई देशवीच थाती रहेका समस्याबारे चर्चा हुने र क्रमशः विभिन्न तहको वार्तामार्फत समाधानको पहल गर्दै जाने सहमति जुटेको औपचारिक समाचार बाहिर ल्याइने उच्च श्रोतको दावी छ । त्यसैको तयारीस्वरुप राजदूत र अन्य माध्यमबाट घनिभूत वार्ता चलिरहेको बताइन्छ ।

भोलिपल्ट भने नेपालबाट परराष्ट्र सचिव शंकरदास बैरागी र आवागमनको असहजताका कारण भारतबाट कोही आउन नसक्ने भएकोले यहाँस्थित राजदूत बिनयमोहन क्वात्रालाई वार्ता थाल्ने अख्तियारी प्रदान गरिएको छ ।

टिप्पणीहरू