‘कुनै हालतमा माओवादी जाँदैनन्’

‘कुनै हालतमा माओवादी जाँदैनन्’

सरकारको समर्थनमा जति बोले पनि उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले परिआए नेकपा विभाजन गर्ने भनेर चलाइएको हस्ताक्षर अभियानमा भने दस्तखत नगरेको पूर्व एमाओवादी स्रोतले बताएको छ ।

उनीहरूका अनुसार ‘सरकार टिकाउने र अध्यक्षमा राखिरहने विषयमा सहमत हुन सकिएला तर पार्टी विभाजन गर्दै जनताको बहुदलीय जनवादको पक्षमा आफूहरू जान नसक्ने’ स्पष्ट पारिसकेका छन् । विश्लेषकहरूका अनुसार गत बैशाखको राजनीतिक दलसम्बन्धी अध्यादेशले कहिल्यै एक ठाउँमा उभिन नसकेका मधेशवादी दलहरूलाई एकता नै गराइदिएको थियो भने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको जबजको अडानले पूर्व एमाओवादीहरूलाई पनि ढिलो चाँडो गोलबन्द पार्नेछ ।

एकजना नेताले नेकपा विभाजन हुने अवस्थामा पूर्व एमाओवादीका एकजना पनि प्रधानमन्त्रीको पक्षमा नलाग्नेमा आफूहरू ढुक्क रहेको बताए । उनका अनुसार ‘अहिले नेतृत्वसँग अलि अलि झोँक चलेको अवस्थामा त्यता ढल्केको मात्र हो । भोलिका दिनमा त्यो समूहमा गएर सतप्रतिशत टिक्न सकिँदैन र टिक्न पनि दिँदैनन् । यससम्बन्धमा हामी सचेत छौं’ ।

टिप्पणीहरू