पार्टी नफुटोस् भन्दै सिंहदरबारमा मान्यको भेला

पार्टी नफुटोस् भन्दै सिंहदरबारमा मान्यको भेला

पार्टी नफुटोस् भन्दै ६१ जना मान्यको सिंहदरबारमा पत्रकार सम्मेलन शुरु भएको छ । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसदको सहभागिता रहेको छ । स्रोतका अनुसार यज्ञराज सुनुवार, विशाल भट्टराई, रामकुमारी झाँक्री, सुरेश राई, गणेश पहाडी, एलपी साँवा लिम्बुलगायतको उपस्थिति रहेको छ ।

यता, बालुवाटारको तर्फबाट आफूनिकट सांसदहरूको हस्ताक्षर फेरि संकलन शुरु गरिएको बताइएको छ । सोही प्रयोजनको लागि सप्तरी घर गएका सांसद सुमन प्याकुरेललगायतलाई तत्काल काठमाडौंमा उपस्थित हुन निर्देशन दिएको बताइएको छ ।

टिप्पणीहरू