मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ? « janaaasthanews
१० मंसिर २०७७, बुधबार

मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?



निर्मातालाई हलवालाले रगत चुसेझैं चुसेका छन्– हलवालाले निर्मातालाई मारमा पारेका छन् भनेर निर्माताले उठाउँदै आएको आवाज हो यो । फेरि यस्तै लफडा बाहिरिएको छ हलमालिक र निर्माताबीच ।  पछिल्लो समय यी एक–दुईले अर्काेलाई पागल करार गरेका छन् ।

प्रसंग हो अत्यधिक नाफा आर्जन गर्ने भनिएको ‘माया छपक्कै’ को । सोही चलचित्रका  निर्माता र वितरकबीचको द्वन्द्व बजारमा असरल्ल भएको छ । फिल्मका निर्माता रोहित अधिकारी र हल मालिक गोपालकाजी कायस्थबीचको लफडामा फिल्मी क्षेत्र तरंगित छ । अधिकारीहरूले देशभरबाट अझै आफूले २ करोड शेयर पाउन बाँकी रहेको र वितरकसँग बारम्बार ताकेता गर्दा पनि रकम नपाएको गुनासो पोखेका छन् ।

जब  निर्माता अधिकारीले पुष्पाञ्जली हलबाट पैसा लिन बाँकी रहेको बताए त्यहीपछि  हल मालिक कायस्थले अधिकारीलाई पागल करार गरिदिएका हुन् । कायस्थले सोधेका छन्, निर्माता अधिकारी धेरै पैसा कमाएर पागल भएको हो ? कायस्थको सवाल छ, ‘यो निर्माता पैसा कमाएर मात्तिएको हो कि, पागल भएको हो ?

दीपकराज गिरी र दीपाश्रीहरूको समेत स्वामित्व जोडिएको छ माया छपक्कैमा । निर्माता र हल मालिकबीच द्वन्द्व चरमचुलीमा पुग्दा उनीहरूले भने मुख खोलेका छैनन् । १० महिनाअघि नै प्रदर्शनमा आएर मनग्य आर्जन गरेको मिडियाबाजी गरिएको सो फिल्मको काठमाडौंबाहिर वितरणको जिम्मा लिएको छ– एफडी कम्पनीले । सोही कम्पनीबाट मात्र डेढ करोड लिन बाँकी रहेको तर १० महिना बितिसक्दा पनि रकम नपाएको निर्माताहरूको गुनासो छ । कम्पनीका अध्यक्ष सुशील पोखरेल हुन् । जहाँ गिरीहरूको पनि लगानी रहेको बताइन्छ । गिरीहरूको समूहले निर्माता अधिकारीसँग ६० प्रतिशत मुनाफा लिने शर्तमा यो फिल्ममा काम गरेको थियो । फिल्मले बक्सअफिसमा १४ करोडभन्दा बढी कमाइ गरेको बताइन्छ । दीपकराज यो फिल्मका कलाकार र मुनाफाका हिस्सेदार मात्र होइनन्, एफडी कम्पनीको शेयर होल्डरसमेत भएका हुँदा उनी यो इस्युमा मुख खोलिरहेका छैनन् ।

तिजको नाममा कताबाट आयो त्यति ?

एकातिर कोरोनाको कहर, अर्काेतिर लकडाउन । यस्तो समयमा तिजको गीतको नाममा म्युजिक भिडियोहरूको बाढी छ । थाहा छ, तिनले लगानी उठाउने होइनन् । तथापि कहाँबाट आउँछ यस्ता क्षेत्रमा लगानी गर्ने पैसा ? कतै नेपाली सिने क्षेत्रमा झैं कालो धन सेतो पार्नका लागि धमाधम म्युजिक भिडियोमा लगानी भइरहेको त  छैन ?

वैशाखयता मात्र डेढ सय म्युजिक भिडियो निर्माण भइसकेको छ । दैनिक औसत २ देखि ३ वटा म्युजिक भिडियो बन्छन् । अझै ५० वटाभन्दा बढी छायांकन भइरहेका छन् ।  यही क्षेत्रमा होमिएकाहरू भन्छन्, ‘गुणस्तरीय खालको एउटा म्युजिक भिडियो निर्माण गर्न घटीमा ५ लाख लाग्छ । कमसल खालको म्युजिक भिडियो निर्माण गर्न पनि दुई लाख लाग्छ । जेठयता मात्र तिजको गीत र म्युजिक भिडियो निर्माण गर्ने नाममा  साढे ५ करोडको खोलो बगाइएको छ । न पहिलाझैं म्युजिक भिडियोको सिडी बिक्ने अवस्था छ । न युट्युबबाटै आम्दानी गरी खर्च उठाउने अवस्था छ । यद्यपि, कहाँबाट, किन यो क्षेत्रमा पैसा ओइरिरहेछ ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चलचित्र क्षेत्र खोल्न निर्माता संघको माग
आठ महिनासम्म आपतै आपत
गोकुल र झरनाले तिरेनन् कर
ऋषि धमलाकी एलिजालाई ६० लाख