अन्ततिर कम्युनिष्ट यस्तरी ओरालो « janaaasthanews
३ आश्विन २०७७, शनिबार

अन्ततिर कम्युनिष्ट यस्तरी ओरालो



निकारागुवा २ सय ९० वर्षको स्पेनिश शासनपछि सन् १८२१ मा स्वतन्त्र भयो । तर फेरि १९०९ देखि १९३३ सम्म अमेरिकी कब्जामा गयो । पछि अमेरिकी डिजाइनमा सोमोजा परिवारले शासन चलाउन थाल्यो । बल्ल बामपन्थीहरूले सन् १९६१ मा सशस्त्र आन्दोलन थाले । नेता थिए हाम्रै कम्युनिष्ट नेता पुष्पलालजस्ता देखिने कार्लोस फोन्सेका । पछि उनको हत्या गरियो ।

क्युवामा सम्पन्न क्रान्तिबाट अभिप्रेरित त्यहाँको क्रान्ति पनि सन् १९७९ मा सफल भयो । माक्र्सवादी–लेनिनवादी पार्टी डान्सिनिस्ता सत्तारुढ भयो । ५ वर्ष क्रान्तिकारी परिषदले नै सरकार चलायो र बल्ल सन् १९८४ मा सम्पन्न आमनिर्वाचनमार्फत् क्रान्तिकारी परिषद्कै अध्यक्ष डानियल ओर्टेगा राष्ट्रपतिमा निर्वाचित भए । ओर्टेगाको कम्युनिष्ट सरकारले शिक्षा, स्वास्थ्य, भूमिसुधारको क्षेत्रमा उल्लेखनीय प्रगति ग-यो तर जनताको चाहनाअनुरुप मुलुकको आर्थिक विकास गर्न सकेन ।

अर्कोतर्फ अमेरिका डान्सिनिस्ताको सरकारलाई असफल बनाउनतिर अग्रसर भयो, सबै विपक्षीलाई एकजुट पा-यो । निर्वाचनको माग ग-यो । डान्सिनिस्ता निर्वाचन जित्नेमा ढुक्क थिए । तर सन् १९९० को निर्वाचन हा-यो । माक्र्सवादी सरकार सत्ताच्यूत भयो । क्रान्तिनायक ओर्टेगाले अर्को २ वटा निर्वाचन जिते । सरकार अहिले पनि सोही पार्टीको हातमा छ, ओर्टेगाले आफ्नै पत्नी रोजारियो मुरिलोलाई उपराष्ट्रपति बनाई करमा भारी वृद्धि गरेपछि सरकार संकटमा छ ।

वामपन्थी र प्रगतिशील शक्तिले विश्वका पचासौं मुलुकमा सरकार चलाएका छन् । निर्वाचनमार्फत् सत्तारुढ भएका छन् तर २/४ वटा मुलुकमा बाहेक सरकार टिकाएर राख्न सकेनन् । अधिकांश सत्तारुढ पार्टीमा व्यक्ति हावी हुने, सर्वसत्तावाद लागू गर्न खोज्ने, पार्टीले निर्वाचनमा ल्याएको मतलाई नेताले आफ्नै पौरख सम्झने बानी र पार्टीको आन्तरिक कलहकै कारण प्राप्त सफलता गुमाएका छन् ।

उदाहरणको लागि क्युवा र निकारागुवाको क्रान्तिबाट प्रभावित ह्युगो चाभेज र लुला । चाभेजको पथमा माक्र्सवाद–लेनिनवाद थिएन । तर परिवर्तनको प्रक्रियाले तीव्रता लिँदै जाँदा त्यसले लगभग कम्युनिष्ट पार्टीको भूमिका निर्वाह ग-यो, उनले सिमोन बोलिभारलाई आदर्श र केन्द्र मानेर भेनेजुएलाका जनतालाई गोलबन्द गरे । सैनिक पृष्ठभूमिका थिए तर चीन र क्युवाको क्रान्तिबाट सिके । भेनेजुएलालाई सवैथा नौलो पथतिर अग्रसर गर्दै लगे । तर संगठनभन्दा व्यक्ति हावी हुन पुगेका कारण उनी पछिका नेता निकोलस माडुरो त्यति सफल हुन सकिरहेका छैनन् ।

ब्राजिलको पनि स्थिति उस्तै हो । श्रमिक नेताको रुपमा उदाएका लुलाले राष्ट्रपतिको दुई कार्यकाल सफलतापूर्वक चलाए । यद्यपि पछि भ्रष्टाचारको अभियानमा जेलसमेत परे तर त्यो भन्दा पनि उनका उत्तराधिकारीको रुपमा उदय भएकी डिल्मा रुसेफ लुला जत्तिको सफल र लोकप्रिय हुन सकिनन् र अन्त्यमा महाअभियोग लागेर सत्ताबाट बाहिरिइन् । मध्य र दक्षिण अमेरिकी दर्जनौं मुलुकमा वामपन्थीहरू पटक पटक निर्वाचन जितेरै सरकार चलाउन सफल भएका छन् तर आन्तरिक कलह, गुट, उपगुट, अहंता र अनेक कमजोरीका कारण सत्ताबाट बाहिरिएका छन् । पेरु, अर्जेन्टिना, चिली, उरुग्वे, पाराग्वे, बोलिभिया, इक्वेडर, डोमिनिक रिपब्लिक, मेक्सिको, जमैका, गुयाना, ग्रेनाडा, सान मारिनो, सुरिनाम आदि मुलुकमा यस्तै भएको हो ।

शीतयुद्धकालताका सोभियत संघको सहयोगमा अफ्रिकी महादेशका धेरैभन्दा धेरै देशमा कम्युनिष्ट पार्टी, वामपन्थी तथा प्रगतिशील समूहहरू सत्तारुढ भए । यसको सूचि लामै छ तर सोभियत संघको विघटनपश्चात् यिनीहरू कमजोर बने । यद्यपि केही मुलुक अल्जेरिया, दक्षिण अफ्रिका, मोजाम्बिक, जाम्बिया, नामिबिया, अंगोला, चाद, इरिट्रिया, जिबुटी, गिनिया, बिसाउ, ताञ्जानिया आदि मुलुकमा प्रगतिशील समूहकै सरकार छन् । सोभियत संघको विघटनपश्चात् पूर्वी युरोपेली देशका सरकार पनि एकपछि अर्को गर्दै ढले । तथापि ती मुलुकका सरकार ‘निर्वाचित’ थिएनन् । बहुदलीय व्यवस्थामा पनि कम्युनिष्टहरू चुनाव जितेर सत्तामा गए । तर अहिले एक दुई मुलुकबाहेक सरकारमा छैनन् । पश्चिम युरोपेली मुलुकहरू स्पेन, पोर्चुगल, फ्रान्स, ग्रिस, जर्मनी आदि मुलुकमा पटक–पटक वामपन्थीहरूले चुनाव जितेरै सरकार चलाएका छन् । अहिले पनि बुल्गेरिया, स्पेनलगायत २÷४ मुलुकमा समाजवादीकै सरकार छ ।

चीन, क्युवा, भियतनाम, लाओस् र उत्तर कोरियाको त कुरै छुट्टै भयो । भारतकै पनि केरला, पश्चिम बंगाललगायत राज्यमा कम्युनिष्ट पार्टीले लामो समय सरकार चलाएका छन् । ३४ वर्ष अनवरत सरकार चलाएको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) पछिल्लो निर्वाचनमा पश्चिम बंगालमा २१ सिटमा सीमित हुन पुग्यो, जबकि विधानसभा २ सय ९५ सदस्यीय हो । २५ वर्ष शासन गरेको त्रिपुराबाट ५ सय ४५ सदस्यीय लोकसभामा जम्माजम्मी ३ सिट जित्यो । ३४ वर्ष र २५ वर्ष सरकार चलाएको पश्चिम बंगाल र त्रिपुराबाट १ सिट पनि जितेन । जितेको २ सिट केरलाबाट १ र तमिलनाडुबाट २ हो ।

तथापि कम्युनिष्ट, समाजवादी, प्रगतिशील शक्ति विश्वमा अझै कम भैसकेको छैन । अहिले पनि नेपाललगायतका दर्जनौं मुलकुमा सत्ताहरू छन् । यी शक्तिले आन्तरिक कलहलाई रोक्ने, जनताको कदर उपयुक्त तवरमा गर्ने र नेताहरूले आफ्नो कमीकमजोरीलाई समयमै सच्याउन लागि पर्ने हो भने भएको सरकारलाई टिकाइराख्न सक्नेछन् र यसको प्रभावबाट अन्य मुलुकलाई पनि सरकारमा जान प्रेरित गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाँच वर्षीय संविधान
अनि कसरी मन मान्छ अरुको ?
भोलि पाँचसय जनालाई तक्मा
श्रीमतीले समाउने, श्रीमानले फसाउने