के नेकपा गम्भीर मोडमा पुगेकै हो ?

के नेकपा गम्भीर मोडमा पुगेकै हो ?

चिया पसलदेखि सरकारी अड्डासम्म सर्वत्र ‘के नेकपाभित्रको अवस्था वार कि पारको चरणमा पुग्न लागेको हो ? विवाद उत्कर्षमा पुगेकै हो ?’ भन्ने चर्चा हुन थालेको छ । अस्ति बिहीबार विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू कोरोना कहरबीच रातरात काठमाडौं प्रस्थान गरेका छन् ।

मुख्यमन्त्रीहरू हतारमा काठमाडौं हिँड्न खोजेको थाहा पाएपछि प्रादेशिक नेताहरूले उनीहरूलाई ‘पार्टीको विवाद मिलाएर आउनुस् है ? हाम्रो शुभकामना छ’ भनेका थिए । तर, मुख्यमन्त्रीहरूले ‘मिल्न खोज्या भए पो शुभकामना लिनु,भताभुङ्गको अवस्थामा पुगेकाले तपाईंहरूको शुभकामनाले के नै गर्ला र !’ भन्दै हिँडेको विषयले प्रदेशतिर निकै महत्व पाएको बताइन्छ ।

यता, संघीय संसदका सांसदहरूलाई पनि केहि दिनदेखि राजधानीमै केन्द्रित रहन आदेश दिइएको छ ।  बालुवाटार र खुमलटार दुबैतर्फ आफूनिकट भनिएका सांसद पो असुरक्षित हुने हो वा तिनको भाउ बढ्ने हो कि भन्ने गाईंगुईं चलाइएको छ । विवादको टुंगो पार्टीको कुनैपनि कमिटीले लगाउन नसकेको अवस्थामा स्वतः सांसदहरूको भूमिका बढाउनेतर्फ लागिएको हो वा अवस्था विशेष अधिवेशन बोलाउनेतर्फ सोझिएको हो भन्नेमा सबैजना द्विविधामै छन् ।

मिल्न खोज्या भए पो शुभकामना लिनु,भताभुङ्गको अवस्थामा पुगेकाले तपाईंहरूको शुभकामनाले के नै गर्ला र !’ भन्दै हिँडेको विषयले प्रदेशतिर निकै महत्व पाएको बताइन्छ ।

अहिले विशेष अधिवेशन बोलाइएको अवस्थामा सरकारले ल्याउन खोजेको भनिएको राजीतिक दलसम्बन्धी अध्यादेश स्वतः रोकिने छ । ल्याउनै परे विधेयकको रूपमा पेश गरेर संसदले आवश्यक छलफल गरेपछि बल्ल ऐन आउने हो  । जुन सरकार र बालुवाटारको लागि आफ्नो योजनाबमोजमको कार्य हुन सक्दैन ।

हात्तिसार र नागपोखरीको कर्नरमा रहेको अमेरिकी चेन होटल मेरियटमा हिजो डाकिएको सम्पादकहरूको अर्को चरणको भेला अकस्मात रोकियो । भेला स्थगितको कारण जे बताइए पनि समाजिक सञ्जालहरूमा रङ्गिएका प्रधानमन्त्री निकट र इतर दुबैतर्फका तिक्ततापूर्ण अभिव्यक्तिहरूले नेकपाको विवादलाई गम्भीर मोडमा पुर्याउन मलजल गरेको देखाउँछ ।

यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो सवारीमा अघिपछि दौडने सुरक्षाकर्मीमध्ये छ जनामा कोरोना पुष्टि भएपछि आगामी साता निवासबाट बाहिर ननिस्कने गरी बस्नुभएको छ । अर्को चरणको पीसीआर टेष्टपछि विवाद समाधानको लागि नयाँ बाटो तय गर्ने मुडमा देखिनुहुन्छ । वहाँले फोनवार्ताबाटै यसबीचमा आवश्यक कार्यहरू अघि बढाउनुभएको बताइएको छ । यी सबै घटनाक्रमलाई हेर्दा के आगामी साता नेकपाको लागि सबैभन्दा सकसपूर्ण अवधिको रूपमा देखिन लागेको हो ?

टिप्पणीहरू