विज्ञको भेलामा देउवा र महन्थ

विज्ञको भेलामा देउवा र महन्थ

बुधबार अपरान्ह बालुवाटारमा कोरोना महामारीको पछिल्लो अवस्था र त्यसको रोकथामबारे विज्ञसँग पूर्वनिर्धारित छलफल कार्यक्रम थियो । त्यसअघि प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी अध्यक्ष महन्थ ठाकुरसँग राम्रै भलाकुसारी गर्नुभएको बताइन्छ । लगत्तै विज्ञहरूसँग छलफल शुरु हुन लागेको खबर आएपछि प्रधानमन्त्रीले उहाँहरूलाई पनि सहभागी हुन आग्रह गर्नुभयो । राजनीतिक छलफलका लागि बालुवाटार पुगेका देउवा र ठाकुर एकाएक स्वास्थ्य विज्ञ सरह कोभिड–१९ सम्बन्धी छलफलमा उपस्थित हुनुभएको हो ।

उता,काँग्रेसीजनले आफ्ना सभापति बेलाबखत बालुवाटार छिरेपनि प्रधानमन्त्रीको लाइनमा भने नरहेको बताएका छन् । उनीहरूका अनुसार ‘देउवाले जसरी पनि नेकपा फुटोस् भन्ने मात्र चाहेका छन् । त्यसको लागि आवश्यकता परेमा अध्यादेश जारी गर्न आवश्यक सहयोग गर्नेछन् । तर, नेकपा फुटेपछि भने सरकारको निरन्तरताको लागि प्रधानमन्त्रीलाई सहयोग नगर्ने योजनामा स्पष्ट छन् ।’ उहाँ बालुवाटारसँग निकट रहेको देखाउन मात्र बेलाबखत प्रधानमन्त्री निवासमा झुल्किने गरेको बताइएको छ ।

टिप्पणीहरू