नियुक्ति ओलीको, बदनामी वामदेवको

नियुक्ति ओलीको, बदनामी वामदेवको

विवादास्पद र बिचौलिया छविका सुशील भट्टलाई लगानी बोर्डको सीईओमा गरिएको नियुक्तिपछि उत्पन्न जनअसन्तोष र तरङ्गलाई ढाकछोप गर्न यौटा खेमाले नयाँ जुक्ति लगाएको छ ।

सरकारले अन्य उपयुक्त उम्मेदवारलाई बोर्ड सीईओ बनाउन खोजेको बेलामा अप्ठेरो पारेको भन्दै दोषजति वामदेव गौतममाथि थोपरिएपछि भैसेपाटीले बाहिर बाहिर असन्तुष्टि जनाएको पाइएको छ । आफ्नै सेटिङ्गमा गरिएको नियुक्तिको दोषसमेत अरुको थाप्लोमा थुपारेर बालुवाटार पानीमाथिको ओभानो मात्र बन्न खोजेको बताइन्छ ।

स्रोतका अनुसार ‘प्रधानमन्त्री अनिच्छुक हुँदाहुँदै पनि वामदेवको दबाब र करकापमा भट्टलाई नियुक्त गर्नुपरेको’ रेडिमेड जवाफ बालुवाटार निकट ‘साइबर सेना’ ले अस्ति बेलुकीदेखि फैलाएका हुन् ।

फेसबुक र ट्वीटरमा गौतमप्रति लक्षित कतिपय स्टाटसले बालुवाटारले ‘साइबर टोलीलाई’ राम्रैसँग परिचालन गर्न थालेको अनुमान छ ।

टिप्पणीहरू