बाटैबाट बामदेव फिर्ता

बाटैबाट बामदेव फिर्ता

बालुवाटारका लागि हिँडिसक्नुभएका नेकपा उपाध्यक्ष वामदेव गौतमले घरको गेटबाट दुई सय मीटर पनि यात्रा गर्न नपाउँदै फर्किनुपरेको छ ।

आज बिहान ११ बजे यसरी वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानै लाग्नुहुँदा अकस्मात अर्का अध्यक्ष प्रचण्ड आफ्नै घरतिर आएको देखेपछि रोकिनुभएको हो ।

आज अपराह्न ५ बजे गर्ने भनिएको नेकपा नेताहरुको बैठकपूर्व सहमति कायम गर्ने योजनाअनुसार प्रचण्ड वामदेव निवासमा पुग्नुभएको हो । वामदेवचाहिँ प्रधानमन्त्रीबाट बिहानै भएको बोलाहटअनुसार ११ बजे नै घरबाट निस्कन लाग्नुभएको थियो ।

उपाध्यक्ष गौतमले गत साता सहमतिका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । उक्त प्रस्तावका सबै बुँदाप्रति स्वयं प्रधानमन्त्री ओली पनि सहमत हुनुहुन्न । ओली सहमत नहुनुभएको प्रस्ताव थियो,प्रचण्डलाई कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने ।

यो पंक्ति लेख्दासम्म भैँसेपाटीमा प्रचण्ड–वामदेव वार्ता जारी छ ।

टिप्पणीहरू