शीतल निवासको नजरमा सरकार ‘सुरक्षित’

शीतल निवासको नजरमा सरकार ‘सुरक्षित’

नेकपाको आन्तरिक राजनीति चुलिँदै जाँदा शीतल निवासमा दिनहुँ भेट्ने क्रम पनि बाक्लिएको छ । अधिकांशसँगको भेटमा नेकपाका दुई अध्यक्ष वीचको पछिल्लो निरन्तर भेटवार्तालाई शीतल निवासले अर्थपूर्ण ढंगले ‘मुलुक र जनताको हितमा गरिएको कार्य’ भनेको छ । जे जस्तो आरोह र अवरोह देखिएपनि नेकपामा विभाजन नआउने र वर्तमान सरकार सुरक्षित तवरले अघि बढ्ने विश्वास शीतल निवासले लिएको हालैको भेटमा जानेहरुले बताएका छन् ।

शीतल निवासको पछिल्लो धारणालाई विश्लेषण गर्दै शनिवारको भेटमा पुगेका एकजना बुध्दिजीवीले भने ‘राष्ट्रपतिको नजरमा सरकार विगतको तुलनामा निकै सुरक्षित हुँदै गएको छ ।’

उपाध्यक्ष वामदेव गौतम डेढ वर्षपछि चुनावी सरकारको प्रधानमन्त्री हुने बालुवाटारको रणनीतिलाई शीतल निवासले सकारात्मक ढंगले लिएको छ । अहिलेको माहौलमा पार्टीभित्र नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि मिलेर बसेको भए राम्रो हुने आशय व्यक्त गरिएको बताइएको छ ।

टिप्पणीहरू