रातभर नागढुङ्गा बन्द

रातभर नागढुङ्गा बन्द

काठमाडौं उपत्यका भित्रिने नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द गर्न थालिएको छ । चैतदेखि जारी लकडाउन साउन ६ गतेदेखि हटाएपनि कोरोना संक्रमितको संख्या एकाएक बढेपछि नाका बन्द गरिएको हो । गृह मन्त्रालयले साउन १५ गते नेपाल प्रहरी, सशस्त्र र काठमाडों उपत्यकाका तीनवटै जिल्लाका सिडिओलाई लेखेको पत्रमा उपत्यका बाहिरबाट भित्रिने यात्रुको कारण संक्रमित बढेकाले रातको समयमा थानकोट,साँगालगायतका नाका बन्द गर्न आदेश दिइएको छ ।

गृहको पत्रमा ‘काठमाडौं उपत्यका प्रवेश नाकामा चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरूमा कोभिड–१९ पोजिटिभ पाइएकाले नाकाहरूको आवागमन र स्वास्थ्य परीक्षण पूर्ण निगरानीका साथ चेकजाँचको व्यवस्था हुन र अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक साउन १५ गतेदेखि लागू हुनेगरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गर्न, गराउन आवश्यक र प्रभावकारी व्यवस्था गर्न’ भनिएको छ ।

टिप्पणीहरू