त्यो सूचनाले पार्टी कार्यालयमा सङ्कट

त्यो सूचनाले पार्टी कार्यालयमा सङ्कट

पार्टी मिल्यो । कार्यालय, सचिवालय र कर्मचारी एकापसमा समाहित भए । तर, शीर्ष नेताबीच आन्तरिक विवाद उत्कर्षमा पुगिरहँदा दुःख खेप्नेमा परेका छन्,पार्टी कार्यालय चलाउने नेताहरु ।

धुम्बाराहीस्थित नेकपा मुख्यालयमा मंगलबार बिहान कस्तो भयो भने, ‘खाने पिउने श्यामे,चोट पाउने च्यामे” भनेजस्तो ।

बिहान दश बजेतिर महासचिव विष्णु पौडेलले केन्द्रीय कार्यालयमा फोन गरेर ‘माओवादीतर्फका कार्यालय सचिव श्रीराम ढकाललाई बैठक स्थगित भएको सूचना जारी गर्न अह्राउनुभयो ।

सबै स्थायी कमिटी सदस्यलाई खबर गरेर दिएर प्रेस विज्ञप्ति पनि जारी गर्ने निर्देशन थियो ।

‘अघि भर्खर एउटा विज्ञप्ति जारी भयो । फेरि अर्को विज्ञप्ति जारी गरेर के जात्रा देखाउनु ? अबदेखि यस्तो कुरा आएपछि त्यता पनि सोधौँला,बुझौँला । यसचोटिलाई माफ दिनुपर्यो ।’

गोकुल बास्कोटाका निम्ति काभ्रेमा जिल्ला इञ्चार्ज हापेर केन्द्रीय कार्यालयको सचिव बन्न आएका ईश्वरी रिजालले सोहीअनुसार आदेश तामेली गरे । तर, यस्तो कुरा सुन्नासाथ खुमलटारमा हलचल मच्चियो । त्यहाँबाट धुम्बाराहीमा फोन गयो ।

‘कसलाई सोधेर त्यस्तो सूचना जारी भयो ? बैठक जारी छ । तुरुन्त सच्याउनुस् ।’

पूर्वमाओवादी तर्फका कार्यालय सचिव श्रीरामले खुमलटारलाई भन्नुभयो ‘यसअघि सबै महासचिवअन्तर्गत रहने व्यवस्था हो । उहाँले भनेपछि गर्ने गरिएको छ । यो पद्दति र प्रणालीको कुरा पनि हो ।’
तर,खुमलटारको चित्त बुझेन ।

‘त्यसो भनेर कहाँ हुन्छ ? यस्तो नचाहिने काम गर्ने ? स्थगित नै नभएको बैठक स्थगित भनेर सूचना दिन मिल्छ ? तुरुन्त अर्को विज्ञप्ति निकालेर सच्याउनुस् ।’
तर,खुमलटारको यो कडिकडाउ आदेश तत्काल कार्यान्वयन हुने अवस्था थिएन  ।

शिवले भन्नुभयो, ‘अघि भर्खर एउटा विज्ञप्ति जारी भयो । फेरि अर्को विज्ञप्ति जारी गरेर के जात्रा देखाउनु ? अबदेखि यस्तो कुरा आएपछि त्यता पनि सोधौँला,बुझौँला । यसचोटिलाई माफ दिनुपर्यो ।’

टिप्पणीहरू