खुमल्टारमा कुरा खुलस्त

खुमल्टारमा कुरा खुलस्त

नेकपा विग्रहको राजनीतिमा प्रधानमन्त्री केपी ओलीको पक्षमा देखिएका केही पूर्वमाओवादीले अस्ति बेलुका अर्का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

सोही दिन बिहान साढे ७ बजे खुमलटार बोलाइएका पार्टी महासचिव विष्णु पौडेलले उपाध्यक्ष वामदेव गौतमले अगाडि सार्नुभएको सहमतिका ६ बुँदामै सहमत भएर तीन घण्टासम्म अध्यक्षसङ्ग सल्लाह गर्नुभएको श्रोत बताउँछ ।
मणि–टोपबहादुरहरुले चाहिँ ‘पार्टी विभाजन नहोस् भन्नका लागि केही सन्तुलित भूमिकामा देखियौँ ।

तर, त्यसको अर्थ हामी तपाईंसँग छैनौँ भन्ने होइन’ भन्दै ‘यत्ति कारणले हामीलाई टाढा नदेखियोस्’ भनेको बताइन्छ । पूर्वएमालेको जबजलाई स्वीकारेर कुनै हालतमा जान नसकिने भन्दै  उनीहरुले ‘विचारको हिसाबले हामी प्रतिवद्ध छौँ । हाम्रो प्रतिवद्धतामाथि शंका नगरियोस् । विभाजन नै हुने भएछ भने अन्तिममा हामी हुने भनेको तपाईंसँगै हो’ भनेका थिए ।

उता, बादलपक्षीय नेताहरुको तर्फबाट सूर्यप्रकाश सुवेदी (पथिक) ले अलग्गै भेलाको आयोजना गरेका छन् ।
बादल, पम्फा भुषालहरु सहितको उक्त भेलामा पार्टी विभाजनलाई हर तहरले रोक्नुपर्छ भन्ने निश्कर्ष निकालिएको छ ।

टिप्पणीहरू