लेखराजको मन्त्रालयमा लेखा न देखा « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

लेखराजको मन्त्रालयमा लेखा न देखा



कहिले कालो बोका, कहिले काला कांग्रेस । यस्तो कालाको चक्करमा लाग्ने मन्त्री हुन्,लेखराज भट्ट ।

डोटी,डडेल्धुराको मन्दिरमा ४ वटा कालो बोका चढाएर भौतिकवादी दर्शनको आफैँले खिल्ली उडाउने उनै उद्योगमन्त्री लेखराज भट्टले फेरि काला कांग्रेस च्यापेर उद्योग विभाग हाँक्ने जिम्मा दिएका छन्  । जीवनप्रकाश सिटौला दुई साताअघि  पुनः निर्माण प्राधिकरणमा तानिएपछि उद्योग विभाग हाकिमबिहीन थियो । त्यही ठाउँमा जीवलाल भुषाल पठाइए ।

भुषाल उपसचिव हुँदादेखि नै उद्योगमा बसेका कर्मचारी हुन् । केही अघिमात्र सहसचिवमा उक्लिएका उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए । उद्योग विभागमा सबैभन्दा सिनियर सहसचिव पठाउने चलनको क्रम भंग गर्दै क्रान्तिकारी मन्त्री भट्टले जुनियर कर्मचारीलाई विभाग हाँक्ने जिम्मेवारी दिएसँगै उद्योगका कर्मचारीहरु मन्त्रीसँग फायर छन् । त्यसाथि आफू निकटस्थ कर्मचारीलाई रेटेर चारतारे कर्मचारीलाई छानी–छानी जिम्मेवारी दिएको जो कथा छ ।

लेखराजले  मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाको कमाण्ड गर्दै आएका पुष्पराज शाहीको जिम्मेवारी खोसेर नारायणप्रसाद रेग्मीलाई लगे । रेग्मी हालै कृषि मन्त्रालयबाट उद्योगमा छिरेका हुन् । सिनियर सहसचिवको रुपमा उद्योग विभागको महानिर्देशकका प्रवल दावेदार थिए, पुष्पराज शाही । पूर्वमाओवादी निकटकै कर्मचारी । तर, उनलाई त्यहाँ नलगी भर्खरै  सहसचिवमा उक्लिएका भुषाललाई विभागको जिम्मेवारी दिइयो ।

वनमन्त्री शक्ति बस्नेतले समेत शाहीलाई विभागको महानिर्देशकमा नियुक्त गर्न आग्रह गर्दै आएका थिए । तर, लेखराजले पैसा पेल्न सक्ने भुषाललाई उद्योगको हाकिम बनाए । भट्टले  शिव घिमिरेका लागि ग्यास उद्योगको लाइसेन्स दिने उदेश्यले नै पहिला आफैले लाइसेन्स हात पारेको र जम्मा  १२ करोड लगानी  गरेर पछि १८ करोडमा सैपाल ग्यास उद्योग बेचेको चर्चा ग्यास उद्योगीहरुबीच चर्चामा छ ।

यता, हिजो बुधबार मन्त्री भट्ट कर्मचारीहरुबाटै घेराबन्दीमा परे । उनले करारमा कार्यरत सबै कम्प्युटर अपरेटरलाई जागिरबाट निकालेपछि पीडित कर्मचारीहरुको घेराबन्दीमा परेका हुन् । उनलाई हिजो १४/१५ जनाको संख्यामा रहेका करारका कम्प्युटर अपरेटरहरुले कार्यकक्षमै घेरेका थिए । पछि मन्त्रीका निजी सचिव, सुरक्षाकर्मीहरुको सहयोगमा घेर्न पुगेका कर्मचारी बाहिर निकालियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सामुहिक संघर्ष, एकल सम्झौता
वामदेवको अबको बाटो
 नीतिगत विचलनको ‘श्रीगणेश’
बैंकमा कोरोना आतंक