नेपालले दियो कडा जवाफ

नेपालले दियो कडा जवाफ

५८ बर्षदेखि भारतले मिच्दै आएको नेपाली भूमिमा नेपालीले नै जान नपाउने गरी नेपाली पक्षसङ्ग सहयोग माग्ने दक्षिणी अधिकारीहरुलाई यताबाट कडा जवाफ गएको छ ।

गृह मन्त्रालयको निर्देशनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले समकक्षी महाकाली नदीपारी धार्चुलाका डिस्टृक्ट मेजिस्ट्रेटलाई पत्रमार्फत सन १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासम्मको भूभाग नेपालकै रहेको तथ्य अवगत गराएका हुन् ।

१– कौवाक्षेत्र (भारतीय पक्षले यसक्षेत्रको ९० प्रतिशत जंगल फडानी गरिसकेको छ) ।

२– सक्कली र नक्कली महाकाली मिसिएपछिको महाकाली नदी ।

३– सक्कली र नक्कली महाकाली (लिपुखोला) को संगम ।

४– नक्कली महाकाली (लिपुखोला) संग मिसिनुअघिको महाकाली नदी (पानीको मात्रा हेर्नुस्) ।

५– नक्कली महाकाली (लिपुलेक र कालापानी क्षेत्रबाट बगेर आउने लिपुखोला) ।

६– कौवाक्षेत्रबाट गाडीमा काठ ढुवानी गर्न बनाइएको गुञ्जीको मनिला क्षेत्रको सडक ।

७– अतिक्रमित नेपाली भूमि गुञ्जीको मनिलास्थित भारतीय सेनाको हेलिप्याड ।

८– गुञ्जीस्थित एसएसवीको क्याम्प ।

९– गुञ्जीबाट कालापानीतर्फ जाने सडक ।

१० – गुञ्जीक्षेत्रमा संरक्षण गरिएको वन । (लिपुखोला र महाकाली पूर्वको कौवाक्षेत्रको वन भने भारतीय पक्षले फडानी गरिसकेको छ ।)

११ – कालापानी र लिपुलेक क्षेत्र ।

१२ – भारतीय सेनाको क्याम्प ।

१३ – सरकारी कार्यालयहरुको परिसर । (कुमाउँ मण्डल विकास निगम, लोक निर्माण विभाग, सीमा सडक संगठन, भारतीय स्टेट बैंक, व्यापार कार्यालय आदि छन् ।)

१४ – गुञ्जी गाउँ ।

१५ – सक्कली महाकालीमा बनाइएको मोटरपुल । (नदीको पश्चिमतर्फ नपलच्यु गाउँ छ भने पूर्वमा गुञ्जी गाउँ पर्दछ ।)

१६ – गुञ्जीबाट नाभी हुँदै कुटी गाउँतर्फ जाने सडक ।

१७ – गुञ्जी र नाभी गाउँको बीचमा संरक्षण गरिएको वनक्षेत्र ।

१८ – नाभी गाउँ । (गुञ्जीबाट २ किलोमिटरको दूरीमा छ ।)

१९ – कुटी गाउँ र लिम्पियाधुरा क्षेत्र ।

२०– नपलच्यु गाउँ ।

२१– गब्र्याङबाट महाकाली किनारैकिनार बनाइएको सडक ।

शंकर धामीबाट

टिप्पणीहरू