कोरोनाको असर यी काममा

कोरोनाको असर यी काममा

कोरोना नियन्त्रणमा आएको चीनले अझै पनि आफ्ना नागरिकलाई क्याम्पबाहिर निस्कन नदिँदाको सोझो असर नेपाललाई परेको छ ।

दोस्रो चरणको चक्रपथ विस्तारमा चिनियाँ ठेकेदार, इञ्जिनियर तथा कामदारलाई नेपालमा ‘अनलोड’ गराउन भएको पत्राचारप्रति काठमाडौंस्थित दूतावासले भौतिक पूर्वाधार मन्त्रालयलाई दिएको जानकारीअनुसार अहिलेसम्म त्यहाँबाट आफ्ना नागरिकलाई बाहिर पठाउने नीति बनिसकेको छैन भने नेपालमै रहेका प्राविधिकलाई पनि तत्काल बाहिर आउन बन्देज छ । यता, चिनियाँहरू नआउँदा चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणको काम अधकल्चोमै छ ।

उता, जापानिजहरू पनि कोरोनासँग व्यापक डराइरहेका छन् । नेपालस्थित जापानिज दूतावाससँग सरकारले कुनै परियोजनामा हस्ताक्षर गर्नुप¥यो भने राजदूतले कार्यालयबाटै सही गरेर कागज पठाउँछन्, ल्याउने मान्छे गाडीमा आउँछन्, ओर्लिएर निस्कँदैनन् । मन्त्रालयका कर्मचारीले गाडीमै गएर कागजमा सही गराउँछन् । अनि, जापानिजहरू गाडीबाट ननिस्किई फर्किन्छन् ।

नेपालमा कोरोनाका कराण कति क्षति भयो भन्ने यकिन तथ्यांक अहिलेसम्म तयार भएको छैन । अर्थ मन्त्रालयअन्तर्गत ‘पोष्ट कोभिड एनालाइसिस’ नामको एउटा टिम बनाइएको छ । त्यसले हप्ता दिनभित्र रिपोर्ट बुझाउने गरी काम गर्दै छ ।

चक्रपथ ढिलाइ

दोस्रो चरणको चक्रपथ विस्तारको कूल लम्बाई ११ दशलमव ६ किलोमिटर छ । कलंकीदेखि महाराजगञ्जसम्मको लम्बाई ८ दशमलव २ किलोमिटर र कलंकीदेखि कोटेश्वरसम्मको कूल लम्बाई १७ किलोमिटर हो ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग) का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा कोरोना महामारी फैलिनुअघि नै काम रोकिएको थियो । मन्त्रिपरिषद्ले ०७६ पुस १४ गते जग्गा अधिग्रहणको निर्णय ग-यो । २ अर्बभन्दा बढी मुआब्जामा खर्च हुने अनुमानसहित रकम निकासा भइसक्यो । तर, वितरण भएको छैन ।

टिप्पणीहरू