जवानको पेस्तोलले हवल्दार घाइते

जवानको पेस्तोलले हवल्दार घाइते

प्रहरी जवानले सफा गर्न लागेको पेस्तोल पड्कँदा हवल्दार घाइते भएका छन् । साउन ११ गते दिउँसो रुकुम जिल्लाको मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्ममा सशस्त्र प्रहरी जवान सन्देश आचार्यले कक गर्न लागेको पेस्तोल पड्किएको थियो । सफा गर्ने क्रममा पड्किएको ब्राउनिङ पेस्तोलले सोही गुल्ममा कार्यरत ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।

नियमित हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको बायाँ खुट्टाको साँप्रामा गोली लागेको छ । जिल्ला अस्पताल सल्लेमा तुरुन्तै पु¥याइएका हवल्दार खड्कालाई प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

से.१च ५८८ नम्बरको एम्बुलेन्समार्फत नेपालगञ्ज पठाइएका घाइते खड्काको साथमा सहायक निरीक्षक शेरबहादुर शाही गएका छन् । घाइते खड्काको घर बाँकेको कोहलपुर नगरपालिका हो ।

टिप्पणीहरू