बालुवाटारमा स्थायी समिति बैठक जारी

बालुवाटारमा स्थायी समिति बैठक जारी

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा स्थगित भनिएको नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री र उहाँ पक्षधर नेताहरुको अनुपस्थितिमा प्रधानमन्त्री निवासकै बैठक हलमा जारी छ ।

बैठकमा २७ जना स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको बताइन्छ । महासचिव विष्णु पौडेल र आजै प्रधानमन्त्रीको पक्षमा ६ बुँदे विज्ञप्ति जारी गर्नुभएका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा उपस्थित हुनुहुन्छ । गृहमन्त्री रामबहादुर थापा बादललाई पनि त्यहाँ बोलाइएको छ ।

अध्यक्ष प्रचण्डनिकट मणि थापा र टोपबहादुर रायमाझी भने फोनलाई बिजी मोडमा राखेर सम्पर्कविहीन हुनुहुन्छ । प्रधानमन्त्री निवासमै हुनुहुन्छ र निकट नेताहरुसँग गम्भीर छलफल चलिरहेको छ ।

टिप्पणीहरू