बैठक सुरु, बैठक स्थगित

बैठक सुरु, बैठक स्थगित

प्रधानमन्त्रीद्वारा आफ्ना प्रेस सल्लाहकार तथा पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापालाई लगाएर नेकपा स्थायी समितिको बैठक अनिश्चितकालका निम्ति स्थगित गरिएको सूचना जारी गरिए तापनि नेताहरु बैठकस्थलमा भेला भएका छन् ।

प्रधानमन्त्री कार्यालयको ३ नम्बर गेटमा नाम टिपाएर सहभागीहरु बैठक हलमा प्रवेश गरेको बताइन्छ । प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बैठक एकपक्षीय रुपमा स्थगित हुँदैन र यस्तै चाला हो भने अबका बैठकहरु बालुवाटार नभएर पार्टी कार्यालय धुम्बाराहीमा बस्न थाल्नेछ भनी तत्कालै प्रतिक्रिया जनाएका थिए ।

नेकपाको विवाद यसरी नयाँ मोडमा पुगेको छ । एक पक्ष बैठकमै सहभागी नहुने सम्भावना पनि छ ।

टिप्पणीहरू