खुमल्टार र बालुवाटारको हठ उस्तै

खुमल्टार र बालुवाटारको हठ उस्तै

कति सुन्नु उही कुरा,अब एक्लाएक्लै बसेर काम छैन”, बिहान भेट्न आएका महासचिव बिष्णु पौडेललाई यस्तो सन्देश सुनाएर नेकपा अध्यक्ष प्रचण्ड खुमल्टार बस्नुभयो

“कति सुन्नु उही कुरा, अब एक्लाएक्लै बसेर काम छैन”, बिहान भेट्न आएका महासचिव बिष्णु पौडेललाई यस्तो सन्देश सुनाएर नेकपा अध्यक्ष प्रचण्ड खुमल्टार बस्नुभयो, आफूलाई खबर नगरी बाहिर बाहिर नौ बजेका निम्ति तय भएको भनिएको दुई अध्यक्षवीचको छलफलमा बालुवाटार जानुभएन । श्रोतका अनुसार, महासचिवलाई उहाँले भन्नुभयो-समाधानरहित बसाइ समयको बर्बादी मात्रै हो बरु सचिवालय बसौं,स्थायी समितिमा जुटौं तर यस्तो अनुत्पादक काममा अल्मलिने काम नगरौं ।

स्थायी समिति बैठक ११ बजेको लागि निर्धारित छ,त्यसअगाडि दुई अध्यक्ष ५-७ मीनेट भए पनि भेट हुने सम्भावना पनि उत्तिकै छ । दुई अध्यक्षवीच डेडलकको स्थिति रहिरहे बैठक बालुवाटार या धुम्बाराही कता बस्ने निर्क्यौल हुन बाँकी छ ।

टिप्पणीहरू