तीन जनाले पाए नयाँ जिम्मेवारी « janaaasthanews
२९ श्रावण २०७७, बिहीबार

तीन जनाले पाए नयाँ जिम्मेवारी



नेपाल सरकारले केही महत्वपूर्ण नियुक्ति टुङ्याएको छ ।
आज बसेको क्याबिनेट बैठकबाट रेडियो नेपालको कार्यकारी निर्देशकमा त्यहीँका क्याडेट बुद्धि केसी छानिएका छन् भने रास्टृय खेलकुद परिषदको सदस्य सचिवमा रमेश सिल्वाल दोहोरिएका छन् !

सूचना तथा प्रशारण बिभागको महानिर्देशकमा भने किरण शर्मालाई तोकिएको छ । नेपाल प्रहरीतर्फ एआइजीमा बढुवा भएका निरज शाहीलाई प्रशासन र प्रधुम्न कार्कीलाई महाराजगन्जस्थित प्रहरी प्रतिस्ठानको कार्यभार सुम्पिइएको छ ।

हालका महानिर्देशक लेखनाथ शर्माले भोलिदेखि ५८ बर्षको उमेरहदका कारण अवकाश पाउन लागेकोले आजै नयाँ जिम्मेवारी तय भएको हो ।

यसवीच सन्चार तथा सूचना प्रविधि मन्त्रालयको नयाँ सचिवमा अढाइ महिनापछि हरि बस्याललाई साउन ५ गतेको क्याबिनेट निर्णयबमोजिम आज पदस्थापन गराइएको छ । बस्याललाई गण्डकी प्रदेशको मुख्यसचिवबाट यता तानिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कमरेडहरुले किन पढ्न छाडे कुन्नि !
तुहियो रञ्जन कोइरालाको अन्तिम तयारी !
कम्युनिस्टमा टाइम टाइम कि बात
पत्रकार बलराम बानियाँको लास फेला !