कालापानी जाने नेपालीबारे भारतले माग्यो जानकारी « Jana Aastha News Online
Logo
१६ मंसिर २०७८, बिहीबार
|  Thu Dec 2 2021

कालापानी जाने नेपालीबारे भारतले माग्यो जानकारी

प्रकाशित मिति :  ७ श्रावण २०७७, बुधबार ०९:००


नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ नक्सा जारी गरेको दुई महिना नपुग्दै नेपालीहरू स्वःस्फूर्त ती क्षेत्रमा जान थालेका छन् ।

उक्त जानकारी भारतीय सीमावर्ती जिल्ला धार्चुलाको एसडीएम कार्यालयले १४ जुलाईका दिन नेपालको दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लेखेको पत्रमा उल्लेख छ ।

धार्चुलाका उप जिल्लाधिकारी अनिलकुमार सिन्हाले लेखेको पत्रमा भनिएको छ ‘विशेष सूत्रका अनुसार नेपालीहरू विभिन्न गुट र समूह बनाएर अबैध रुपले लुकिछिपी गुञ्जी,कालापानी र लिम्पियाधुरा क्षेत्रमा पस्न लागेको र यसमा मिडियाको ध्यानाकृस्ट गर्ने नियत लुकेको साथै यस्ता गतिविधिबाट दुबैतिरको प्रशासनलाई सास्ती हुने अवस्था छ ।’

साथै, सोसम्बन्धमा नेपाली पक्षसँग कुनै जानकारी भएमा भारतीय समकक्षीलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !