मान्यका दाहिने हात महिलालाई ब्ल्याकमेल गर्दा समातिए « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

मान्यका दाहिने हात महिलालाई ब्ल्याकमेल गर्दा समातिए

प्रकाशित मिति :  ६ श्रावण २०७७, मंगलवार १२:२७


पर्साको क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवका दाहिने हातलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १४ पिप्रा निवासी कुन्दन सिंह कुर्मीलाई  सोमवार अपरान्ह पक्राउ गरेको हो । राजनीतिक संरक्षणका कारण गुण्डागर्दीमा संलग्न सिंह एक जना महिलालाई दुब्यर्वहार तथा ब्ल्याकमेल गरेको प्रकरणमा मुछिएका छन्  । उनी यादवको बाउन्सरको रुपमा परिचित छन्  ।  निजलाई छुटाउन सांसद यादवका सर्मथकहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।  साँसद यादवसमेत एकाएक काठमाण्डौबाट बीरगंज आउन लागेको उनका कार्यकर्ताले चर्चा चलाएका छन् ।

सिंहले ती महिलालाई  केही दिनदेखि ब्ल्याकमेल गर्दै आएका थिए । महिलाले त्यस्तो नगर्न पटक लपटक चेतावनी दिँदासमेत दुःख दिन छाडेका थिएनन् । अति भएपछि महिलाले प्रहरी गुहार्नुपरेको बताइन्छ  ।


प्रतिक्रिया दिनुहोस !