भारत बसेकाहरूको भर

भारत बसेकाहरूको भर

सतहमा नदेखिने, तर भित्रभित्रै दावी गरिराखिने एउटा प्रसंग छ, जुन अहिले पनि चर्कोसँग भित्रभित्रै उठिरहेको छ । त्यो हो, नेशनल डिफेन्स कलेज (वार कलेज) वा कमाण्डो, डब्लुटी, प्लाटुन कमाण्डरलगायतको तालिम गर्न भारत गएका सैनिक अधिकृतहरूको दाबी ।

भारतमा तालिम गरेका जर्नेलहरू दुई देशका मामिलामा हावी हुने गरेको चर्चा राजनीतिक वृत्तमा छ । तिनको भारतसँग हिमचिम हुने, यता फर्किएपछि दूतावासका अनेकन फंक्सनहरूमा नछुट्ने क्रम निरन्तर छ । स्वाभाविक हो त्यस्तै तालिमका लागि पाकिस्तान, बंगलादेश, चीन, बेलायत जानेको खासै अर्थ हुँदैन । भारतबाट कोर्स गरेका पूर्वजर्नेल हिमालय थापाले ०७२ को नाकाबन्दी खुलाउनमा आफ्नो राम्रै योगदान रहेको दाबी गरेका छन् । त्यसबेला उनी सेनाको अपरेशनल चिफ (डिजिएमओ) का रुपमा कार्यरत थिए । र, यही हैसियतमा दिल्लीसमेत गए ।

शायद, भारतसँगको यस्तै सानिध्यताका कारण हुनुपर्छ, सेनाका कतिपय हाकिमले नेतालाई टेर्दैनन् । हिमालय त हाकाहाकी भन्छन् नै, ‘नाकाबन्दी हामीले खोलाएको, कट्वाललाई पनि हामीले जोगाएको †’

रुक्माङ्द कट्वाललाई प्रधानसेनापतिबाट हटाउने प्रचण्ड सरकारको निर्णय भएपछि तत्कालिन राष्ट्रपति रामवरणले पहल गरेजस्तो देखिए पनि केही केही भूपू जर्साब आफ्नो पहलको दावी गर्छन् । पछि त्यसबारेमा हिमालयहरूको दावी पुग्ने गरी तत्कालिन भारतीय राजदूत श्यामशरणले अभिव्यक्ति दिएका थिए । खड्गवासलामा सानैदेखि तालिम लिएका कट्वालकै साथी दीपक कपुर पछि उताको सेनाध्यक्ष बने । अहिले पनि प्रत्येक सरकारद्वारा पत्याइने बालानन्द शर्मा उतैका प्रोडक्ट हुन् । अर्जुननरर्सिङ राणा, ऋषिकुमार पाण्डे, भरतकेशर सिंह, विनोज बस्न्यात र हालका सेनापति पूर्णचन्द्र थापाले समेत उतै तालिम लिएका थिए ।

अहिले पनि यावत् घटनाक्रममा पूर्वसैनिक जर्नेलहरूको भूमिकाबारे चर्चा हुन थालेको छ । ‘भारतसँगको सम्बन्धमा हल्का ब्रेकथ्रु हुन्छ भने त्यसमा हाम्रो पनि भूमिका हुनसक्छ’, जनआस्थालाई एक पूर्वसैनिक अधिकृतले बताए ।

भारतसँग सम्बन्ध सुधार्न नेपालका परराष्ट्रमन्त्रीको भूमिका पनि कम्तिको रहन्न । तुलनात्मक रुपमा प्रदीप ज्ञवाली सन्तुलित छन् । प्रधानमन्त्रीजस्तो हाट्टहुट्ट गरेका छैनन् । दुई महिनाअघि कमल थापा परराष्ट्रमन्त्री बन्ने हल्ला त्यसै चलाइएको होइन । उनका दाइ नेत्रबहादुर थापा राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा दोहो¥याई, तेहे¥याई नियुक्ति खाएका व्यक्ति ।

अर्कातिर, सरकारले सेनालाई हरेक कुरामा अगाडि सार्दा सिभिल सुप्रिमेसीको प्रश्न उठ्ने गरेको छ । जब जब जटिल काम गर्ने घडी आउँछ, उसैलाई अगाडि सारिन्छ । कोरोना महामारीका बेला औषधी खरिद गर्नुप¥यो, सेना चाहियो । फास्टट्रयाक बनाउने सेना । विभिन्न स्थानका क्वारेन्टिन व्यवस्थापन गर्ने सेना । र, कोरोनाको कारण निधन भएका मानिसको दाहसंस्कारसम्ममा पनि सेना परिचालित । भनिन्छ, शीतल निवास बलियो हुनुमा पनि पहिला रक्षामन्त्री हुनाले काम गरेको छ ।

टिप्पणीहरू