प्रवक्ता बन्ने प्रस्ताव आएपछि… « Jana Aastha News Online
Logo
२० मंसिर २०७८, सोमबार
|  Mon Dec 6 2021

प्रवक्ता बन्ने प्रस्ताव आएपछि…

प्रकाशित मिति :  ४ श्रावण २०७७, आईतवार १८:३४


“बिशेष महाधिवेशनमा जाने भन्दासम्म त हो कि क्या हो भन्ने नै लाग्याथ्यो तर जब त्यसबाट एकल अध्यक्ष बनाउँछौँ तर त्यसनिम्ति जनताको बहुदलीय जनवाद (जबज) को प्रवक्ता बन्नुपर्ने शर्त राखियो अनि झसङ्ग भएँ ! त्यहाँ त आपत्ति जनाएँ,पछि सचिवालय बैठकमा बिरोधमा नबोल्नुचाहिँ गल्ती भयो भन्ने अहिले लागिरा”छ ! “
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्रीले राखेको अर्ली महाधिवेशनमा जाने प्रस्ताव र जनाइएको समर्थनबाट उत्पन्न परिस्थिति सम्बन्धमा जानकारी हासिल गर्न पुगेका स्थायी समिति सदस्यहरुलाई नेकपा अध्यक्ष प्रचण्डले यस्तो जवाफ दिनुभएर फेरि बालुवाटार जानुभएको छ !
“तपाईंहरुको भावनाभन्दा बाहिर त म कहाँ जान्छु र !”
मातृका यादव, पम्फा भुसाललगायत पूर्व माओवादी खेमाकै नेताहरुबाट “अपारदर्शिता, ब्यक्तिवादिता र अहँ” यता पनि देखिएको गुनासो पोखिएको प्रत्युत्तरमा उहाँले आजका निम्ति दिनुभएको आश्वासन यही नै थियो ! भोलि हुने के हो, त्यसको चाहिँ कुनै ठेगान नभएको सहभागीहरु नै बताउँछन्  !


प्रतिक्रिया दिनुहोस !