नेकपामा लगभग युध्दबिराम

नेकपामा लगभग युध्दबिराम

गल्ती भएको भए सुधार्ने, छिट्टै महाधिवेशन आयोजना गर्ने र सो को प्रारुप स्थायी समितिमा पेश गर्ने सहमतिमा नेकपाको सचिवालय बैठक सकेर दुई अध्यक्ष बृफिङ्गको निम्ति शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीले लामो समय बोलेको,अरुले उहाँको राजीनामा नमागेको आजको बैठक चर्काचर्की बिना सकिएको हो ।

वीचको समय एक अध्यक्षले ढुक्कसँग पार्टी चलाउने र बहालवाला प्रधानमन्त्री सरकारको काममा पूरा खटिने दुई जनावीच छुट्टै सहमति सचिवालय बस्नुअघि एक बजेदेखि शुरु वार्तामा भएको श्रोतको दावी छ ।

अध्यक्ष प्रचण्ड एक पद छाड्ने प्रस्ताव आएको र उधारो कागजमा सहि नगर्ने भन्दै निवासबाट निस्कनुभएको थियो । “विवाद सल्टाउन अर्ली महाधिवेशन सम्भव छ त ?”, जनआस्थाको प्रश्नमा एक सचिवालय सदस्यले बताउनुभयो-किन नसक्नु, एमालेको नवौं महाधिवेशन डेढ महिनाको तयारीमा सम्पन्न भएको हो । तर,परिस्थिति यसरी भनिए झैं सजिलो चाहिँ होइन ।

टिप्पणीहरू