नेकपामा बी क्यु (B 3) को तरङ्ग

नेकपाभित्रको उत्कर्षमा पुगेको अन्तरबिरोधमा बि क्यु प्रकट भएको छ ! अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले समस्या समाधानमा हिजो दिउँसोदेखि बी ३ ले अप्ठेरो पारेको बताउन थालेको छ । उनीहरूका अनुसार,उपाध्यक्ष वामदेव,महासचिव विष्णु र सचिवालय सदस्य बादल अर्थात बी ३ ले समस्या समाधानमा नयाँ अध्याय रच्न खोजेका छन् ।

हिजो बिहानको खुमलटार बैठकमा एकमत देखिएका वामदेव र बादल बेलुका खुमल्टारमा सामेल भएनन् बरु  फोनबाट अहिलेको समस्या समाधान केही समय पर्खेरै भए पनि बिधिसम्मत हिसाबले हुनुपर्ने राय प्रकट गरेपछि केन्द्रीय समिति बैठक एक महिनापछि भदौ पहिलो साता डाक्ने तय भएको हो ! “केपी कमरेड बहकिए,भाँडभैलोमा गए भन्दैमा हामीले पनि त्यही शैली अपनाउनु उचित हुन्न” भन्दै वर्तमान र भूपू गृहमन्त्रीले आफ्नो राय राखेको र महासचिवले पनि मध्यमार्गीको रूपमा आफूले समस्या समाधानको पहल गरेको तर नसकेको भन्दै अप्रत्यक्ष रूपमा वामदेव र बादलकै पछिल्लो प्रस्ताव नजिक देखिएको बताइन्छ  ।

बहुमतले निर्णय लिदा त्यही निहुँमा अल्पमतले पार्टी फुटाउन पाउने नाममा ऐन मौकामा खुट्टा कमाएर ‘ब’ बाट नाम शुरु भएका नेताहरू र केही मन्त्रीले मध्यमार्ग रोजेको भन्दै बालुवाटारमा आशावादिता बढेको चर्चा छ ।

टिप्पणीहरू