कुरै मिलेन के कमरेड !

कुरै मिलेन के कमरेड !

देश, पार्टी र सरकारको कुरा छ । तर, समस्या छ, अगाडि सारिएको मान्छेलाई लिएर ।

प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच एक–एकजना सहयोगीसहित भएको बालुवाटार संवादपछि दुबै समूहमा देखियो, व्यक्तिको समस्या । केपीको तर्फबाट विष्णु पौडेल र प्रचण्डको तर्फबाट जनार्दन शर्मा सहभागी हुनुभयो । पूर्वमाओवादीका तर्फबाट ‘म एकताको सूत्रधार हुँ’ भन्ने उद्घोषसहित जनार्दन उक्त वार्तामा बस्दा पहिलो समस्या भयो, वर्षमान पुनमा । अनि, केपी समूहबाट विष्णु पौडेल बसिदिँदा समस्या भयो, शंकर पोखरेलमा ।

व्यक्तिको यो समस्या कस्तो भने, ०७२ मा संविधान बनाउने बेला प्रत्येक दलको तर्फबाट वार्तामा दुई–दुई जना बसौँ भन्दा कांग्रेसले तीन–तीनजना चाहिन्छ भन्यो । र, सबै दलले तीन–तीन जना पठाउनुप¥यो । कांग्रेसको गुट मिलाउन विमलेन्द्र निधी, अर्जुननरसिंह केसी र प्रकाशमान सिंह जान्थे ।

अहिले नेकपाभित्र केपी ओलीतिर विष्णु पौडेल र शंकरबीच काटाकाट छ । विष्णु बुटवलमै राजधानी कायम गराउनेमा र शंकर दाङ लैजानेमा हुँदा कुरा मिलेको छैन ।

वर्षमान र जनार्दनको झगडा रुकुम र रोल्पाको तुष हो । जनयुद्धको आधार भूमि रोल्पा भन्ने वर्षमानको दावी, रुकुम भन्ने जनार्दनको दावी ! अनि, टोपबहादुर रायमाझी पहिल्यै उपप्रधानमन्त्री भएको । उहाँमा आफू सबभन्दा सिनियर हुँ भन्ने दावी छ । यसबीच, पम्फा भूषालहरुको समूहले प्रचण्डलाई थर्काए, ‘पार्टी एकता भन्ने, बादल पक्षलाई बाइपास गरेर आ–आफ्नो मान्छे राख्ने ?’ यससँगै प्रचण्डको बाध्यता छ, आफूसहित नारायणकाजी र बादललाई पनि सहभागी गराउनु ।

टिप्पणीहरू