रविलाई भोट माग्दै एक हुल कलाकार चितवनमा

रविलाई भोट माग्दै एक हुल कलाकार चितवनमा

मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी तथा कलाकारहरू चितवन पुगेका छन् । 

चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उनीहरू चितवन पुगेका हुन् । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले मतदातासँग रवि लामिछानेलाई निर्वाचनमा जिताउन आग्रह गरेका हुन् ।

कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरेकी छन् । रविले टेलिभिजनमा जस्तै कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताइन् ।

कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताए ।

टिप्पणीहरू