निर्वाचन आयोगभित्रै संसदीय व्यवस्था खारेजको माग गरियो, ८ जना पक्राउ

निर्वाचन आयोगभित्रै संसदीय व्यवस्था खारेजको माग गरियो, ८ जना पक्राउ

निर्वाचन आयोगभित्र नाराबाजी गर्ने आठ जनालाई प्रहरीले पक्रेको छ । आयोगको कम्पाउण्डभित्र मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्यहरु नाराबाजी गरेको अभियोगमा पक्राउ परेका हुन् । 

अर्गनाइजेसनका केन्द्रीय सदस्य आरएन राई मंगोलसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख निर्वाचन आयुक्तलाई भेट्न भन्दै छिरेका उनीहरुले प्रमुख दिनेश थपलियाको कार्यकक्ष नजिकै पुगेर नाराबाजी गरेका हुन् । 

उनीहरुले प्रत्यक्ष कार्यकारी राष्ट्रपति चयन गर, विदेशी हस्तक्षेप बन्द गर, संसदीय व्यवस्था खारेज गरलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू