भारतीय च्यानल खोलेकोमा पुर्जी

भारतीय च्यानल खोलेकोमा पुर्जी

सरकारले रोक लगाएको भारतीय न्यूज च्यानल प्रशारण गरेको अभियोगमा सञ्चार मन्त्रालयले तीनवटा मल्टिपल सिस्टम अपरेटर्स (एमएसओ) लाई पत्र काट्ने भएको छ । राष्ट्रिय प्रशारण नियमावलीको नियम ९ बमोजिम राष्ट्रहित विपरितको कार्य गरेको अभियोगमा पत्र लेखिने बुझिएको छ । तीनवटा एमएसओले रोक लगाइएका भारतीय न्यूज च्यानलको प्रशारण शुरु गरेका हुन् ।

टेलिभिजन च्यानलहरू वितरण गर्ने कम्पनीलाई मल्टिपल सिस्टम अपरेटर्स (एमएसओ) भनिन्छ । फाइबर ड्रप तत्काल जडान गर्न पनि ती कम्पनीलाई सञ्चार मन्त्रालयले पत्र काट्दै छ । फाइबर ड्रप जोडेपछि एमएसओले ग्राहकहरूलाई वितरण गरेको सबै च्यानलको अवस्था सरकारले थाहा पाउँछ ।

ती कम्पनीले कुन कुन च्यानल प्रशारण गरेका हुन् भन्ने विषयमा औपचारिक जानकारी आइनसकेकाले मन्त्रालयले पत्र ठिक्क पारेको हो । यसअघि सबै कम्पनीले दूरदर्शनबाहेक अरु सबै भारतीय न्यूज च्यानलको प्रशारण बन्द गरेका थिए । तर, नाम नखुलाइएका तीनवटा एमएसओलाई निर्देशन विपरितको कार्य गरेको अभियोगमा सरकारले आज पत्र काट्ने तयारी गरेको हो ।

टिप्पणीहरू