कम्युनिस्ट मन्त्रीका चार बोका

कम्युनिस्ट मन्त्रीका चार बोका

गएको मंसीरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्ट त्यसअघि एकाएक डडेल्धुरा पुगेका थिए । अमगरगढी नगरपालिका वार्ड नं. ५ स्थित घटाल थानमा पुगेर मन्त्री बने भनेँ बोको चढाउँछु भनेर भाकल गरे । नभन्दै केही दिनपछि मन्त्री पनि बने । त्यो बेलाको भाकल पूरा गर्न मन्त्री भट्ट हिजो एकाएक डडेल्धुरा पुगेका छन्  ।

नौ महिनाअघिको भाकलअनुसार हिजो भट्टले घटाल थानमा ४ वटा कालो बोकोको बली दिएका हुन् । सुरक्षाकर्मीसहित डडेलधुरा पुगेका उनी बलि दिइएका चार वटा बोकोको मृत शरीर बोकेर हिजै साँझ धनगढी फर्केका छन् ।

टिप्पणीहरू