विधि, प्रक्रियाले बाँध्नुपर्थ्याे

विधि, प्रक्रियाले बाँध्नुपर्थ्याे

‘चुच्चे ढुंगो, उही टुंगो’ भनेजस्तो यसो–उसो ग¥यो, फेरि कुरा केपी ओली र प्रचण्डबीचकै लेनदेनमा पुगेर टुंगिने– नेकपा विवादको सार हो यो ।

अर्थात्, अहिले नेकपामा चलिरहेको विवाद सत्ताप्राप्तिसँग सम्बन्धित छ । र, माधव–प्रचण्डबीचको एकता त्यही जगमा निर्माण भएको छ । किनभने, शक्ति भनेको मिल्दा आर्जन हुन्छ, नमिल्दा क्षति हुन्छ, चपरीमुनिको बास हुन्छ । अर्थात्, भात पकाउने ओदानजस्तो, एउटा खुस्कियो भने दुईटा अडेर चुलो बन्दैन । त्यसैले नेकपामा या त माधव प्रचण्ड मिलेर ओलीलाई कारवाही हुनुपथ्र्यो । ओली र माधव मिल्नै सकेनन् । उनीहरुबीच लामो समयदेखि फोन संवाद पनि छैन । ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वमन्त्री र प्रधानमन्त्रीको हकमा कारवाही हुनसक्ने भन्ने कुरा आएपछि माधवले निर्णयको त्यो प्रति झोलामा बोकेर हिँड्नुभएको छ ।

अनि, प्रचण्डलाई चाहिँ पूर्वएमालेहरुको झगडा मिलाउँदैमा हैरान छ । त्यसैले प्रचण्डसँग एउटामात्रै बाटो सुरक्षित छ कि, केपी र माधवबीचको विवादलाई मध्यस्थता गर्दै पार्टीलाई अगाडि बढाउनुपर्ने । यदि, प्रचण्डले एक्लाएक्लै भएर केपीसँग सम्झौता गर्ने हो भने आन्तरिक एकता सुदृढ हुने होइन, भोलि यही रोगले प्रचण्डलाई पनि सिध्याउँदैन भन्न सकिन्नँ । माधवको व्यवस्थापन त्यति जटिल छैन । उहाँलाई प्रधानमन्त्री वा अध्यक्ष नै चाहिहालेको पनि होइन । कम्तिमा ललिता निवास प्रकरणका नाममा भएको धम्की, व्ल्याकमेलिङ शैलीका रवैया बन्द भएर एउटा सम्मानजनक ठाउँमा राखिदिए पुग्यो ।

उता, केपी र प्रचण्डबीचको कुराकानीमा केपीले सडकमा आफ्ना पक्षमा भइरहेको प्रदर्शनको कुरा देखाउँदै राजीनामा दिन नसकिने भन्नुभयो । प्रचण्डले भन्नुभयो, ‘ए, त्यतिमात्र हुन् त दुई तिहाईको प्रधानमन्त्रीसँग ? त्यो जनमत तपाईंको हो भने प्रष्ट भयो, पूरै खस्किएछ । २०–५० जनाका भरमा प्रधानमन्त्री नमिल्ने कुरा मान्नै सकिन्नँ ।’

यसरी नेकपा फुट्दा पनि नफुट्ने, चल्दा पनि नचल्ने स्थितिमा पुगेको छ ।

केपी ओली पार्टी फुटाएर वामदेव हुन तयार हुनु भएन । अनि, उहाँको खेमाका दोस्रो तहले त्यस्तो गर्न दिएनन् । ‘अहिले पो केपी ओली छँदाखाँदाका भएर पछि लागियो । तर, भविष्य त छैन । भविष्य भएका नेता त प्रचण्डतिरै लाग्ने हुन्’, केपीपक्षीय एक स्थायी कमिटी सदस्यले जनआस्थालाई बताए ।

केपीका लागि ‘आफू मरे डुमै राजा’ भनेजस्तो आफू केही बन्नुछैन, पार्टी भत्किन सक्दैन भन्ने कुरा पनि हेक्का भएको छ । नफुट्ने, नचल्ने भएपछि गर्ने के त ? प्रचण्ड, माधव, झलनाथहरु ठोक्किएर जाऔँ भन्दा ठेक्किन नसक्ने । एकातिर केपी पार्टी फुटाउन नसक्ने, अर्कातिर प्रचण्डहरु ठोक्किन नसक्ने ! केपीलाई हटाउन सकिन्छ कि भनेर माधवले प्रचण्डलाई, प्रचण्डले माधवलाई साथ दिनुभयो । तर, मिल्नुको विकल्प छैन । किनभने, सत्ता र एकताको स्वर्गचाहिँ जोगाउनुपर्छ । त्यसका लागि मिल्नुपर्छ । मिल्नु भनेको नफुट्नु हो ।

अर्कातिर, यदि अहिले पनि ओली हटाइनु भएन भने ‘तिमीहरुले कारवाही गर्न सकेनौँ, अब के गर्छौं ?’ भन्ने भोलिको पेलान खप्नु नै छ । प्रचण्डहरुले पनि ‘फुटाउन सक्ने भए फुटाइसक्थ्यौ’ घुक्र्याउनुबाहेक ठाउँ रहन्नँ ।

टिप्पणीहरू