अन्तिम प्रहार गर्दै राजश्व

अन्तिम प्रहार गर्दै राजश्व

२ अरब ४० करोडसम्म राजश्व छलीका केही ठूला केसलाई टुङ्गोमा पुर्याउन आवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ

भोलि बुधबार चालु आर्थिक वर्षको अन्तिम दिन । अघिल्ला वर्षमा राजश्व अनुसन्धान विभागले ठूला केसमा झ्याम् झ्याम् हानेपनि यो वर्ष झिना मसिना केसमै अल्झियो भन्ने जनगुनासो सुनिएको छ । तर,विभागका अधिकारीहरु उक्त गुनासो सुन्न तयार देखिँदैनन् । चालु आर्थिक वर्षको जम्माजम्मी दुई दिन मात्र बाँकी रहँदा पनि राजश्व अनुसन्धान विभागसँग धेरैले आश गरेका छन् ।

विभागले एउटै मुद्दामा २ अरब ४० करोडसम्म राजश्व छलीका केही ठूला केसलाई टुङ्गोमा पुर्याउन आवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ । सरकारी वकिललगायत प्रक्रिया पूरा गरेपछि चालु आर्थिक वर्षभित्रै अदालतमा मुद्दा दायर गर्नेगरी विभागको पाइप लाइनमा तीन चार वटा ठूला केस रहेका छन् ।

टिप्पणीहरू