पहिरोले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालन

अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध सडक संचालन अाएकाे छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको सडक डाेजर लगाएर खाेलिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।पहिरोले करिब २५ मिटर सडक पुरेको थियोे ।

सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका थिए । निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको खबर पाए लगत्तै खुलाउने काम भएको  गलकोट नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेकाे छ ।

टिप्पणीहरू