साम्राज्ञीमाथि संकट

साम्राज्ञीमाथि संकट

६ वर्षअघिको कुरा कोट्याउँदै साम्राज्ञी राज्यलक्ष्मी शाहले पितातुल्य भुवन केसीमाथि आरोप लगाएपछि त्यसको प्रत्युत्तरमा भुवन केसी उत्रिएका छन् । उनले आफ्नो चरित्र हत्या भएको भन्दै न्यायका लागि कलाकार संघको ढोका ढक्ढक्याएका छन् । साम्राज्ञी अझै नरोकिए साइबर कानुन र मानहानीसम्बन्धी कानुन प्रयोग गरी सजायँको भागिदार बनाउनेसम्मको चेतावनी दिइएको छ ।

१७ वर्षको उमेरदेखि फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा भित्रिएका छोरी समानकी साम्राज्ञीले भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको, शोषण गरेको आरोपमात्र लगाइनन् । जापानमा भएको फिल्म अवार्डमा मुखै जोड्न आएको भन्दै उछित्तो काढिन् । ४ दशकदेखि सिने निर्माण, निर्देशनमा बिताएका भुवनले आफ्नो चरित्रहत्या भएको भन्दै कलाकार संघलाई गुहारेका छन् । उनले सत्यतथ्य छानबिनको माग गर्दै १८ गते निवेदन दर्ज गराएका हुन् । उनले भनेका छन्, हरेक कथाका तीनवटा पाटा हुन्छन् । अरूको, आफ्नो र सत्यको । सत्य के हो ? त्यो अब नेपाल कलाकार संघ र कानुनले नै फैसला गर्नेछ ।

दुव्र्यवहार भएको ६ वर्षसम्म चुप लाग्नु लकडाउन र कोरोना कहरकै बीच यो कुरा उठाउनुको कारण के होला ? सिने क्षेत्रमा संलग्नहरूले चाहिँ अनमोलसँग काम गर्न नपाएको झोंक पोखिएको रूपमा हेर्न थालेका छन् । ड्रिम्समा सँगै काम गरेपछि अनमोलले साम्राज्ञीलगायत पुराना नायिकाहरूलाई लिइएका चलचित्रहरू रिजेक्ट गर्ने गरेका थिए ।

कागेश्वरीमा नयाँ काम

कला, संस्कृति संरक्षण र उन्नयनका लागि स्थानीय तह जागृत हुन थालेका छन् । सम्भवतः ७ सय ५३ स्थानीय तहमध्ये पहिलो पटक कागेश्वरी मनोहरा नगरपालिकाले साँस्कृतिक मञ्च गठन गरेको छ । शनिबार मेयर कृष्णहरि थापाको प्रमुख आतिथ्यमा १३ सदस्यीय मञ्च गठन भएको हो । जसको अध्यक्षमा मिडिया हबका मालिक सोम धिताललाई समेत धुरुधुरु रुन बाध्य पार्ने सीपी पुडासैनी चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा कलाकार रामचन्द्र अधिकारी, सचिवमा उपमा रायमाझी, कोषाध्यक्षमा मणिराज काफ्ले र सदस्यहरूमा सनिल कुइँकेल उदास, बद्री पुडासैनी, कालुराम थापा, प्रीति भट्टराई, पार्वती कार्की, प्रेम पाण्डे, राजेन्द्र श्रेष्ठ, विक्रम नगरकोटी र पुष्कर प्याकुरेल छन् । मेयर थापाका अनुसार यो मञ्चले विशेष गरी कागेश्वरी मनोहरा नगरभित्रका मौलिक लोकबाजा,  लोकगीत, लोकसंस्कृतिको संरक्षण र उत्थानमा काम गर्नेछ ।

टिप्पणीहरू