नेकपाभित्र अर्को ‘क्ल्यास’

नेकपाभित्र अर्को ‘क्ल्यास’

नेकपा स्थायी समितिको आज तोकिएको बैठक पुनः शुक्रबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । हिजो दुईजना अध्यक्षबीच भएको ‘वान टु वान’ वार्तामा खासै प्रगति नदेखिएपछि बैठक सारिएको बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बिहान भएको टेलिफोन वार्तामा बैठक स्थगन गर्ने सहमति भएको हो ।

टेलिफोनमा प्रचण्डले ‘अहिले देशव्यापी रूपमा तपाईंको प्रायोजनमा भइरहेको जुलुश प्रदर्शन रोक्नुहुन्छ कि पार्टी बैठकबाटै आवश्यक प्रक्रिया शुरु गरौं ?’ भनेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्षले आफ्ना समर्थकलाई प्रदर्शन नगर्न निर्देशन भएको स्रोतले बताएको छ । रमेश पौडेल,ऐन महरहरूलाई केही दिनअघि बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले आफ्नो पक्षमा प्रदर्शन गर्न निर्देशन दिनुभएको अर्को पक्षको आरोप छ ।

आज दिउँसो कलंकीबाट प्रधानमन्त्रीको पक्षमा पाँच सय वटा मोटरसाईकल र्याली निकाल्ने तयारी हिजै गरिएको थियो । सोही विषयलाई लिएर प्रचण्डले आज बिहान प्रधानमन्त्रीलाई ‘यस्ता गलत कार्य रोक्नुहुन्छ कि पार्टी बैठक बोलाएर केही निर्णय गरौं ?’ भन्नुभएको खुमल्टारमा चर्चा छ ।

टिप्पणीहरू