रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय !

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय !

जिल्ला प्रशासन कार्यालय ललितपुरले असार २४ गते हुने रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय गरेको छ ।

लकडाउन खुकुलो बनाएसँगै उपत्यकामा मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको कारण रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आज बसेको बैठकले गुठी संस्थानलाई एक पत्र लेखि भोलि २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण र सो सम्बन्धि कार्यहरु स्थगित गर्न पत्राचार गरिएको छ ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदाका दिन सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

टिप्पणीहरू