प्रधानमन्त्रीले त्यसो भन्नासाथ…

प्रधानमन्त्रीले त्यसो भन्नासाथ…
रास्ट्रपति र आफूमाथि पार्टी स्थायी समितिकै “हुल्लडबाजहरु” बाट षड्यन्त्र हुन थालेकोले सबै मन्त्रीलाई कुन खेमामा जान मन छ, बेलैमा कित्ता काट्नु भन्ने प्रधानमन्त्रीको निर्देशन जारी भएलगत्तै हिजो राती मुख्यसचिवसमेत उपस्थित अनौपचारिक क्याबिनेट बैठकमा ०७२ को भूकम्पले छियाछिया सिङ्गटी (दोलखा) स्थित तामाकोशीको तीरमा लिफ्टसहितको आठ तल्ले विशाल होटल बनाउँदै गरेका महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङ्गले जारी नेकपा विवादलाई सँसदीय दलमै फेस गर्ने जनाउ दिएका छन् !
शीतल निवासबाट फर्कनासाथ मन्त्रीहरुसङ्ग राखिएको बालुवाटारको छलफलमा प्रधानमन्त्रीले स्थायी समितिका सदस्यहरुबाट अबैध र गलत ढंगबाट आफ्नो राजीनामा मागिएको, अरु पनि षडयन्त्र हुन थालेको र अब वारपारको स्थिति आइसकेकोले कतापट्टी लाग्ने हो बेलैमा कित्ता काट्न निर्देशन हुँदा सत्ता पक्षबाट एक्ला मन्त्री पार्वतले यस्तो अभिब्यक्ति दिएका हुन् !
पार्टीका सबै बैधानिक अङ्गमा आफूमाथि बहुमत हावी हुन लागेपछि प्रधानमन्त्रीमाथि अहिले सँसदीय दलमा बहुमत देखाउनैपर्ने प्रचण्ड दवाव छ !

टिप्पणीहरू