नेकपा नफुट्ने आशा पलायो

नेकपा नफुट्ने आशा पलायो

सत्तारुढ नेकपा फुट्को संघारमा पुग्न लागे पनि जोगिने सम्भावना बड्दो छ । आज बिहान ११:३० देखि पौने ३ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको दुईपक्षीय वार्तामा एक अर्काले खुलस्त आ-आफ्ना कुरा राख्न पाएका छन् । प्रधानमन्त्रीसंगको कुराकानीमा अर्का अध्यक्ष प्रचण्ड,महासचिव विष्णु पौडेल र पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले भाग लिनुभएको थियो । वार्ता भोलि पनि हुनेछ । तर सहमतिको खाका भने स्पष्ट छैन ।

प्रधानमन्त्रीको तर्फबाट वीचका केहीले समाधानको उपायको रुपमा अर्को पक्षको मागबमोजिम अध्यक्ष पद छाड्ने तर प्रधानमन्त्रीमा कुनै हालतमा रहिरहने अडान राखेको बताइन्छ । अर्को विकल्प अध्यक्ष कायमै रहने र आलोपालो पूर्व सहमतिबमोजिम मंसिरमा प्रधानमन्त्री छाड्ने पनि हुन सक्छ । तर अहिले नै यसैअनुसार हुने कुनै टुङगो छैन ।

सहमतिको सूत्र पहिल्याउन हिजो साँझ बालुवाटार गएका केही नेतालाई के।पी।ओलीले कुनै हालतमा प्रधानमन्त्री पद नछाड्ने बरु अविश्वासको प्रस्ताव सामना गर्ने भनी फिर्ता पठाउनुभएको थियो ।

टिप्पणीहरू