क्याबिनेट मुश्किलले ‘पाँच मिनेट’

क्याबिनेट मुश्किलले ‘पाँच मिनेट’

हामी पुग्दा नपुग्दै क्याबिनेट त सकिएछ । प्रधानमन्त्री पनि बैठक कक्षबाट माथिल्लो तलामा उक्लिसक्नु भएछ । हामीले प्रधानमन्त्रीलाई समेत देखेनौं ।’

हिजोको स्थायी समिति बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित हुनुभयो । बालुवाटारमा हिजो ११ बजे स्थायी समिति र १२ बजे मन्त्रीपरिषद्को बैठक डाकिएको थियो । तर, मन्त्रीपरिषद् बैठक मुश्किलले पाँच मिनेट मात्र बस्यो ।

जारी स्थायी समितिको बैठक क्याबिनेटका लागि भनेर आधा घण्टा स्थगित गरिएको थियो । तर,स्थायी समिति बैठकमा सहभागी मन्त्रीहरू पाँच मिनेटमै फर्किए । समिति सदस्यहरूले ‘किन यति छिटो फर्कनु भएको ?’ भनेर मन्त्रीहरूलाई सोधेपछि ‘आफूहरू पुग्दा नपग्दै क्याबिनेट बैठक सकिएकाले’ भनेर जवाफ दिएका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई सम्भवतः बेलैमा खबर गरिएकाले हुनसक्छ अरुभन्दा पाँच मिनेट अगावै त्यता गए । तर,स्थायी समितिको बैठकमा सहभागी अन्य मन्त्रीहरू घनश्याम भुसाल,रामबहादुर थापा,वर्षमान पुन,गिरिराजमणि पोखरेललगायतलाई पनि बोलावट आएपछि उनीहरू झट्पट् प्रधानमन्त्री निवास रहेको भवनतर्फ गए । तर, सबै एकाध मिनेटमै समिति बैठक कक्षमा फर्किए । क्याबिनेट बैठकमा गएका उनीहरूले हाँस्दै जिज्ञासुलाई भने ‘हामी पुग्दा नपुग्दै क्याबिनेट त सकिएछ । प्रधानमन्त्री पनि बैठक कक्षबाट माथिल्लो तलामा उक्लिसक्नु भएछ । हामीले प्रधानमन्त्रीलाई समेत देखेनौं ।’

टिप्पणीहरू