प्रधानमन्त्रीको स्वास्थ्यमा किन खेलबाड ?

प्रधानमन्त्रीको स्वास्थ्यमा किन खेलबाड ?

सामान्यतयाः आमनेपालीको मुटुले रक्त प्रवाह गर्ने क्षमता ५५ देखि ६५ हुने गर्छ तर प्रधानमन्त्रीको ४५ को हाराहारीमा मात्र रहेको उच्च स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मुटुको स्वास्थ्य परीक्षण गर्न  अस्ति दिउँसो गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसबारी पुग्नभयो । प्रधानमन्त्रीको सचिवालयले नियमित परीक्षणको लागि केन्द्र गएको बताएपनि स्वास्थ्य परीक्षणको रिपोर्टले वहाँलाई आरामको जरुरत रहेको देखाएको स्रोतले बताएको छ । तर, नेकपाभित्रको अन्तरबिरोध उत्कर्षमा पुगेकाले राष्ट्रिय राजनीतिमा देखिनसक्ने उथलपथललाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केही समयदेखि आराम होइन सबैभन्दा व्यस्त हुनुहुन्छ ।

स्वास्थ्य परीक्षण रिपोर्टले प्रधानमन्त्रीको मुटुको कार्य क्षमतामा ह्रास देखाएको बताइएको छ । सामान्यतयाः आमनेपालीको मुटुले रक्त प्रवाह गर्ने क्षमता ५५ देखि ६५ हुने गर्छ । तर प्रधानमन्त्रीको ४५ को हाराहारीमा मात्र रहेको उच्च स्रोतले दाबी गरेको छ । यसरी मुटुको कार्य क्षमतामा ह्रास आएपछि जो कोहीलाई स्वाँ स्वाँ बढ्ने गर्दछ । यस्तो अवस्थामा पूर्ण रूपले आराम गर्नुपर्ने र कुनैपनि किसिमको धपेडी गर्न नहुने चिकित्सकहरूले सल्लाह दिएका छन् । तर, प्रधानमन्त्रीको सक्रियता चिकित्सकहरूको सल्लाहको ठीक विपरित देखिन्छ ।

टिप्पणीहरू