सञ्चारमन्त्री निकिता पौडेल ?

सञ्चारमन्त्री निकिता पौडेल ?

केही नेपाली नायिका यति धेरै गोबर गणेश रहेछन् कि अरूले लेखिदिएको स्क्रिप्ट घोक्नेबाहेक सामान्य आइक्युसमेत जानकारी नभएका । अहिलेका एक/दुई कक्षाका बच्चालाई सोधे तिनले पनि जवाफ फर्काउँछन् नेपालमा कति प्रदेश, कति जिल्ला र कति अञ्चल छ ? तर, सेलिब्रिटी पूजा शर्मालाई यी सामान्य विषयको ज्ञान नहुँदा चर्काे आलोचना खेपिरहेकी छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा प्रस्तोताले सोध्छन्, हाम्रो अहिलेको सञ्चारमन्त्री को हुन् ? अर्थमन्त्री नि ! पूजाको जवाफ आउँछ निकिता पौडेल । यस्तै, नेपालमा कति प्रदेश छ भनेर सोध्दा जवाफ फर्कन्छ ७२ । अन्तर्वार्ताकारले अर्काे सवाल तेस्र्याउँछन् नेपालमा कति जिल्ला छन् ? पूजाको उस्तै जवाफ आउँछ १४ । यो अन्तर्वार्ता टेलिभिजनले अहिले आफ्नो युट्युबबाट चाहिँ हटाएको छ तर यसको क्लिप सामाजिक सञ्जालमा भाइरल मात्र भइरहेको छैन, नेपालकै महँगो नायिका पूजामा आफ्नो देशकै बारेमा सामान्य ज्ञानसमेत नभएको भन्दै दर्शकले उडाइरहेका छन् । जवाफ सुनेपछि नेपालका हिरोइन देखेर लाज लाग्यो छिःछि भन्दै सुष्मा कार्कीले समेत उडाइरहेकी छन् । तर, पूजा मौन छिन् ।

 

नांगो शरीर ढाक्न राष्ट्रिय झण्डा

कोही नेताले देशको राष्ट्रिय झण्डालाई ओछ्याएर दारुपानी पिउने त कोही मतिभ्रष्ट मोडलचाहिँ राष्ट्रिय झण्डाले लाज ढाक्ने ! केही समयअघि गगन थापा, मीनेन्द्र रिजालसहित कांग्रेस नेताले राष्ट्रिय झण्डा ओछ्याएर दारुपानी पिएको तस्बिर सार्वजनिक भएको थियो । अहिले एक जना मति बिग्रिएकी मोडलले राष्ट्रिय झण्डा प्रयोग गरेर नग्न शरीर ढाकेकी छन् । नेपालीमा एउटा उखान छ बदनाम हुनु तर गुमनाम नहुनु ! यस्तै डरमा छिन् तिर्सना बुढाथोकी । उनलाई गुमनाम भइएला कि भन्ने डर छ र बेला–बेलामा अनेक स्टण्ट गरिरहन्छिन् । कहिले पोर्न स्टारझैं नांगिएर चर्चा र विवादमा आउने उनी यसपटक राष्ट्रिय झण्डाले शरीर छोपेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेसँगै विवादमा मात्र तानिएकी छैनन्, उनको यो हर्कतमा सामाजिक सञ्जाल प्रयोगकर्ताले अश्लील गाली बर्साएपछि उल्टै साइबर क्राइमको मुद्दा हाल्ने भन्दै छिन् ।
छुनै पर्छ र छोरीलाई ?

 

जुहारी चलिरहेको छ भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीच ।

भुवन केसीले बनाएकी हिरोइन हुन् साम्राज्ञी । ड्रिम्समार्फत सिने नगरीमा प्रवेश गरेका उनले यो बीच आठ वटा चलचित्रमा अभिनय गरिन् तर अधिकांश निर्माता र निर्देशकले सुटिङको समयमा खाना र पानीसम्म नदिने, अपशब्द प्रयोग गर्ने, कलाकारलाई सम्मान नगर्ने भन्दै आरोप लगाइन् । उनले झटारो कहाँ र कसलाई प्रहार गरेकी थिइन् कुन्नि लाग्यो भुवन केसीलाई । केसीले जवाफी हमला गरे ‘जुन थालमा खाने, त्यही थाल दुलो पार्ने !’

भुवनको जवाफपछि साम्राज्ञीले अर्काे हमला गरिन्, अवार्डका लागि जापानमा रहँदा भुवन केसीले दुव्र्यवहार गरे पनि आफूले अहिलेसम्म सहेर बसेकी छु । त्यहाँ भुवनले ‘बाबा, तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, यस्तो कुरा नगर भनेर मलाई सम्झाएको दाबीसहित साम्राज्ञीको आरोप छ ‘ती कुरा अलि टाढाबाट पनि भन्न सकिन्छ नि ! गाला जोड्याएर, टाँस्सिएरै भन्नुपर्छ र ? छोरी, अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुपर्ने ? त्यहाँ मैले उहाँलाई ‘हुन्छ दाइ’ भन्दै धकलेँ ।’ साम्राज्ञीले यस्तो व्यवहार गर्ने भुवन एक्लो नभएको बताएकी छन् ।

टिप्पणीहरू