नेकपा एमाले कसले दर्ता गर्न लगायो ?

नेकपा एमाले कसले दर्ता गर्न लगायो ?

फुट्ने फुट्ने संघारमा पुगेर गल्ती कमजोरी सुधार्ने शर्तमा जुट्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पुनः विवादको उत्कर्षमा छ । जारी स्थायी समिति बैठकमा शिष्ट भाषा प्रयोग गर्दै दुई पक्षबीच शाब्दिक आक्रमण बढ्दो छ । पार्टी यही रुपमा सग्लो रहने नरहने आशंका पनि घनिभूत नै छ । यस्तो पृष्ठभूमिबीच दुई कम्युनिष्ट पार्टी मिलेर नेकपा बनिसकेपछि अस्तित्व मेटिएका अलगअलग दलको नाममा यसबीच निर्वाचन आयोगतिर चलखेल बढ्न थालेको छ । एकातिर नेकपा विवादको उत्कर्षमा पुग्नु र अर्कातिर आइतबार सन्ध्या त्रिपाठीको नाममा नेकपा (एमाले) दर्ताका लागि २५ सदस्यीय केन्द्रीय कमिटीको विवरणसहित निवेदन पर्नु अनि केही समयअगाडि नेकपा माओवादी केन्द्रसमेत दर्ता हुनुकाबीच के साइनो छ ? प्रष्ट छैन । दल दर्ताका निम्ति २१ जना पदाधिकारीको नाम भए पुग्छ । निवेदन परेपछि आयोगले नागरिकतासहित व्यक्तिको सनाखत गरेर ४५ दिनभित्र दल दर्ता गरिसक्नु पर्ने हुन्छ ।

टिप्पणीहरू