मैले दुई नम्बरी काम गरेको छैन

असार १० गते जनआस्थाको वेभमा ‘तस्करीमा भीआईपी पासको गाडी’ शीर्षक समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

गृहमन्त्रालयबाट जारी भएको कुनै पनि भीआईपी पास आफूसँग नभएको जानकारी गराउँछु । मेरो व्यक्तिगत काममा गलत आरोप लगाई काठमाडौं क्षेत्र नं. १० क प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसद पुकार महर्जनलाई जोडिएको छ । समाचारमा गाडी मेरो ठूलोबुबाको नाममा भएको भनिएको छ तर यो गाडी मेरै नाममा भएको पनि जानकारी गराउँछु ।

म पहिलो पटक मात्र सुर्खेत गएको हुँ । समाचारमा कीर्तिपुर नगरपालिका वडा नं। ४ का वडाध्यक्ष राजेन्द्र बानियाँको नाम समेत जोडेर उहाँको पनि चरित्र हत्या गर्न खोजिएको छ । बा. १८ च ७६२१ नम्बरको मेरो जुन गाडी तस्करीमा प्रयोग भएको भनिएको छ त्यो सत्य भएको भए आज म र मेरो गाडी प्रहरीको नियन्त्रणमा हुन्थ्यो । यो वास्तविकतालाई आम पाठकसामु पुर्याएर भ्रम मेटाइदिनु हुन आग्रह गर्दछु ।

विजय विष्ट, कीर्तिपुर नगरपालिका ४, दूधपोखरी

टिप्पणीहरू